बागलुङ । बागलुङ जिल्लामा दुई बर्षदेखि सहायक प्रमुख जिल्ला अधिकारी नआउँदा जनताले काममा सास्ती व्यहोर्नु परेको छ । जिल्ला प्रशासन कार्यालय बागलुङमा सरकारले प्रमुख जिल्ला अधिकारी सहसचिव स्तररको राखेसँगै जिल्लामा गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारीे सरूवा गरेर पठाए पनि विगत २ वर्ष देखि आएका छैनन ।
२०७५ साल जेष्ठ २४ गते प्रशासन कार्यालयका सहायक प्रजिअ नारायण पाण्डे सरूवा भएर गएपछि अहिले दुई बर्ष बितिसक्दा समेत कोही पनि नआउँदा प्रशासनमा हुने दैनिक काममा समेत यसले प्रभाव पारेको छ ।
सरकारले बागलुङ लाई(क)जिल्लाको रूपमा स्तरवृद्धि गरी उपसचिवको ठाउँमा सहसचिव दरबन्दी कायम गरेपनि जिल्ला भने उपसचिव लाई प्रजिअको जिम्मेवारी दिएर पठाउने गरेको कारणले पनि जिल्लामा सहायक प्रजिअ आउन नचाहेको पाईएको हो ।
सहायक प्रजिअ नहँुदा कतिपय महत्वपूर्ण काम तथा पदीय जिम्मेवारीका काम समेत दुई बर्षदेखि अबरुद्ध भएको मात्रै छैन । प्रशासनमा सेवा लिन आउने सेवाग्राही मर्कामा पर्ने गरेको अधिकारकर्मी राम शर्माले वताए । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने वजार अनुगमन लगाएतका काम हुन नसक्दा उपभोक्त ठगिदै आएको शर्माले वताए ।
जिल्लामा सहायक प्रजिअ चाहियो भनेर पटकपटक माग गर्दा समेत नआउदा काममा समस्या देखिएको, सहायक प्रजिअ नहुँदा सेवाग्राही मर्कामा परेको सेवाग्रहीले गुनासो गर्ने गरेका छन् ।
बागलुङ जिल्लामा सहायक प्रजिअ अहिलेसम्म किन आएनन् भन्ने प्रश्नको जवाफमा जिल्ला प्रशासन कार्यलयका सरोकारवालाले कुनै प्रतिक्रिया दिन चाहेनन् ।
विश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) लाई लक्षित गरि देशमा बन्दाबन्दी गरेपछि जिल्लामा प्रशासनमा कामको चाप ह्वात्तै बढेपनि गृह मन्त्रालयले बागलुङका लागि सरूवा गरेको सहायक प्रजिअलाई काठमाडौ मै हाजिर गराएको पाइएको छ ।
बन्दबन्दीको बेलामा पहुँचको आधारमा राख्ने काम गर्दा जिल्लामा सेवाग्राही मर्कामा परेको मात्रै छैन सरकारी काममा समेत ढिलासुस्ती हुन पुगेको छ ।