×

संगीतकार शिखर सन्तोषको ‘कोरोनाको महामारी’ गीत बजारमा(भिडियो)

images

काठमाडौं–कोरोना भाइरसको महामारी तथा त्यसको प्रसारलाई रोक्न सरकारले लागू गरेको लकडाउनमा आधारित भएर थुप्रै गीत–सिर्जना गरिएका छन् । खासगरी, महामारीबाट जोगिने सन्देश बोकेका गीत–संगीतहरुलाई दर्शक तथा स्रोताले उत्तिकै मन पराएका छन् ।

यसैबीच संगीतकार शिखर सन्तोषको संगीत निर्देशनमा त्यस्तै भावना बोकेको सन्देशमूलक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा रामकृष्ण ढकाल, आनन्द कार्की, विश्व नेपाली, प्रविशा अधिकारी, रोशन अधिकारी आदि गायक–गायिकाहरुको स्वर सुन्न सकिन्छ ।

सन्देशमूलक उक्त गीतका शब्दहरु डा. दुबसु क्षेत्रीले रचना गरेका हुन् । गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ । गीतको म्युजिक भिडियोलाई संगीतकार शिखर सन्तोषले आफ्नै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

भिडियोमा दीपाश्री निरौला, सरिता लामिछानेसहितका कलाकारहरु फिचर्ड छन् । विरेन तितुङद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् भने थ्रि क्याप्स टिमले यसलाई निर्देशन गरेको हो । पूनम आर सुवदीले उक्त गीतलाई प्रस्तुत गरेकी हुन् ।

यस्तो छ उक्त गीतको भिडियो

 

 

 

बिहीबार २९ जेठ २०७७ ०१:२१ PM मा प्रकाशित

प्रतिक्रिया