काठमाडौं । प्रस्तावित ६४० मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना बनाउन भारतीय र चिनियाँ कम्पनीहरुले प्रस्ताव गरेका छन ।
नेपालको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र पावर कन्ट्रक्सन कर्पोरेशन अफ चाइना लिमिटेड (पावर चाइना) र भारतको सतलज जलविद्युत निगम लिमिटेडले तल्लो अरुणमा लगानीको प्रस्ताव पेश गरेका हुन ।
जापानको ग्रीन रिर्सोसेज प्राइभेट लिमिटेड र इलेक्ट्रिक पावर डेभलपमेन्ट कम्पनी लिमिटेड जेभी (जे पावर) ले भने प्रस्ताव पेश गरेन
२ ओटाले मात्र प्रस्ताव पेश गरेको बोर्ड स्रोतले क्यापिटल नेपाललाई जानकारी दियो ।
तल्लो अरुण जलविद्युतमा ३ कम्पनी छनोट, आयोजना निर्माणका लागि प्रस्ताव आह्वान गरिने
असोज ६ गते बसेको लगानी बोर्डको ४० औं बैठकले एचआईडीसीएल र पावर चाइना संयुक्त उपक्रम, सतलज जलविद्युत र जे पावरलाई छनौट गरेको थियो । बोर्डले ३ ओटै कम्पनीसंग प्रस्ताव मागेको थियो । अब एचआईडीसीएल र पावर चाइना जेभी र सतलजबीच प्रतिस्पर्धा भएको छ ।
प्रस्तावहरुको मूल्याँकन गरेपछि आयोजना निर्माणका लागि कम्पनी छनौट हुने छ । बोर्डले अरुण तेस्रोको जस्तै निःशुल्क ऊर्जालाई प्राथमिकतामा राखेर प्रस्ताव आब्हान गरेको छ । आयोजनाको बोलपत्रमा भाग लिने कम्पनीहरुले न्युनतम २० प्रतिशत निःशुल्क बिजुली प्रस्ताव गर्नुपर्ने छ ।
तल्लो अरुण आयोजना बनाउन लगानी बोर्डले माग्यो प्रस्ताव, निःशुल्क ऊर्जालाई प्राथमिकता
लगानी बोर्डले आब्हान गरेको बोलपत्रमा न्युनतम निःशुल्क बिजुलीको सीमा तोकेको हो । बोर्डले निःशुल्क बिजुलीलाई बोलपत्रको ५० प्रतिशत अंकभार तोकेको छ । बोर्डले न्युनतम २० देखि अधिकतम २५ प्रतिशत प्रस्तावको भार तोकेको छ ।
बाँकी ५० प्रतिशत भार प्राविधिक ज्ञान, बिजुली निकासी, आयोजना प्रभावित स्थानीयबासिन्दा तथा सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन र आयोजनाको कार्यतालिकालाई तोकेको छ ।
यसैगरी सरकारले गरेको संभाव्यता अध्ययन प्रतिवेदन खरिद गर्न प्रस्तावक कम्पनीहरुले न्युनतम १६ करोड २६ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने भएको छ ।अरुण तेस्रो आयोजनाले २१.९ प्रतिशत अर्थात १९८ मेगावाट निशुल्क बिजुली दिने प्रस्ताव गरेपछि पाएको थियो ।
तल्लो अरुण आयोजनामा भाग लिने कम्पनीले न्युनतम २० प्रतिशत निःशुल्क बिजुली प्रस्ताव गर्नुपर्ने
अरुण तेस्रो आयोजना अत्यधिक विद्युतको माग हुने सुख्खा मौसममा पनि दैनिक ६ घण्टा पानी जम्मा गरेर बिजुली उत्पादन गर्न सक्ने अर्धजलाशय (पिकिङ रन अफ रिभर) आयोजना हो ।
संखुवासभा र भोजपुरमा पर्ने आयोजनाको करिब १५ किलोमिटर मुख्य सुरुङ निर्माण गर्नुपर्ने छ । आयोजना बनाउन १ खर्ब ५० अर्ब रुपैयाँ लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ । विस्तृत आयोजना प्रतिवेदनपछि आयोजनाको लागत बढ्ने संभावना छ ।