काठमाडौं । लगानी बोर्डले प्रस्तावित ६४० मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना प्रतिस्पर्धाबाट बनाउन अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेण्डर) आब्हान गर्ने भएको छ । अहिले बोर्डले ग्लोबल टेण्डर डकुमेन्ट बनाउने काम गरिरहेको छ । केही दिनभित्रै बोलपत्र आब्हान गरिने बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले बताए ।
सरकारले पूर्व संभाव्यता अध्ययन गर्दाको खर्चको विवरण र अध्ययन प्रतिवेदन ऊर्जा मन्त्राललयसंग मागेको उनले बताए । मन्त्रालयबाट विवरण पाएपछि टेण्डर आब्हान गरिने उनको भनाई छ । उनले भने ‘टेण्डरको ड्राफट तयार भइसकेको र प्रक्रिया पुगेपछि केही दिनभित्रै ग्लोबल टेण्डर आब्हान गरिन्छ ।’
लिमिटेड (एचआईडीसीएल) र पावर कन्ट्रक्सन कर्पाेरेसन अफ चाइना लिमिटेड (पावर चाइना) , भारतको सतलज जलविद्युत निगम लिमिटेड र ग्रीन रिर्साेसेस प्राइभेट लिमिटेड तथा जापान इलेक्ट्रिक पावर डेभलपमेन्ट कम्पनी (जे पावर) लाई छनौट गरी उनीहरुबाट निर्माणका लागि प्रस्ताव आह्वान गर्न लागेको हो । यी कम्पनीले मात्र बोलपत्रमा भाग लिन पाउने छन ।
निःशुल्क ऊर्जा, सेयरलगायतका बिषय राखेर प्रस्ताव मागिने बोर्डले जानकारी दिएको छ । अरुण तेस्रोमा भारतको एसजेवीएन लिमिटेडले २१.९ प्रतिशत निशुल्क ऊर्जा दिने प्रस्ताव गरेपछि उसले आयोजना निर्माणको जिम्मा पाएको हो । एसजेवीएनले अरुण तेस्रोको निर्माण गरिरहेको छ ।
अरुण तेस्रो आयोजना अत्यधिक विद्युतको माग हुने सुख्खा मौसममा पनि दैनिक ६ घण्टा पानी जम्मा गरेर विद्युत उत्पादन गर्न सक्ने अर्धजलाशय (पिकिङ रन अफ रिभर) आयोजना हो । संखुवासभा र भोजपुरमा पर्ने आयोजनाको करिब १५ किलिमिटर मुख्य सुरुङ निर्माण गर्नुपर्नेछ । आयोजना बनाउन १ खर्ब ५० अर्ब रुपैयाँ लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ । हाल आयोजनाको अध्ययन भइरहेको छ ।
अरुण तेस्रो आयोजनाबाट निस्किएको पानीलाई सिधै सुरुङमार्फत प्रवाह गरेर विद्युत उत्पादन हुने छ । आयोजना बनाउन बाँध नपर्ने भएकाले लागत सस्तो पर्ने संभाव्यता अध्ययनले देखाएको छ ।