मङ्गलबार, असोज १२ २०७८ ०५:०८ PM

×

उदाउँदो भुसाल ग्रुप, चुलिँदो व्यवसाय

images

एक वर्षअघि १ अर्ब २ करोड रुपैयाँमा विशाल सिमेन्ट खरिद गरेपछि मोफसलमा रहेको भुसाल ग्रुपको चर्चा एकाएक चुलियो । उद्योगी, व्यवसायीले व्यवसाय र उद्योग चलाउनु सामान्य नै हो । तर, भुसाल ग्रुपले १ अर्ब रुपैयाँमा विशाल सिमेन्ट खरिद गरेको एक वर्षपछि भैरहवाको टाइगर प्यालेस रिसोर्ट खरिद गर्ने सम्झौता गरेपछि पुनः चर्चा आयो । 

देशका स्थापित व्यावसायिक घरानाहरू कोभिडको असरले लगानी खुम्चाइरहँदा मोफसलमा रहेको र दुई वर्षअघिसम्म खासै मूलधारमा नाम नसुनिएको भुसाल ग्रुपले विभिन्न क्षेत्रमा लगानी गरेर आफूलाई दरिलो उपस्थिति देखाएको छ । 

भैरहवाबाट उदाएको भुसाल ग्रुपको व्यावसायिक यात्रा बाहिरबाट हेर्दा थोरै समयको देखिए पनि ‘फुडग्रेनको व्यापारबाट आफूलाई मुलुकको स्थापित व्यावसायिक घराना गराउन ठूलै संघर्ष गरेको छ । 

भुसाल गु्रपलाई बालकृष्ण भुसालले नेतृत्व गरिरहेका छन् । जो सामान्य किराना पसलबाट व्यावसायिक जीवनमा प्रवेश गरेर अहिले अर्बौंको कम्पनी खडा गरिसकेका छन् । भुसालका बुबा चिन्तामणि भुसालले २०२४ सालबाट गुल्मीको तम्घासमा सामान्य खाद्यान्न पसल गर्थे । बुटवलबाट खाद्यान्न भरियामार्फत ल्याएर गुल्मीमा बेच्ने गर्थे । 

बालकृष्ण भुसालले व्यापारको चक्र यही बेला देखे । उमेरले १० वर्ष भए पनि उनले बुबाले गर्ने व्यापारलाई नजानिँदो तरिकाले अनुभव गरिरहेका थिए । कहिलेकाहीँ पसल कोही नहुँदा उनी आफैं पनि बस्नुपर्ने हुन्थ्यो । कहिलेकाहीँ बुबासँगै पनि पसलमा बस्थे । व्यापारको खास लेनदेनको चस्का उनीमा त्यही बेला पस्दै गयो । बाल मस्तिष्क भए पनि पैसा समात्ने र नाफा घाटा बुझ्न उनलाई गाहे भएन । 

बालकृष्ण भुसालले व्यापारको चक्र यही बेला देखे । उमेरले १० वर्ष भए पनि उनले बुबाले गर्ने व्यापारलाई नजानिँदो तरिकाले अनुभव गरिरहेका थिए । कहिलेकाहीँ पसल कोही नहुँदा उनी आफैं पनि बस्नुपर्ने हुन्थ्यो । कहिलेकाहीँ बुबासँगै पनि पसलमा बस्थे । व्यापारको खास लेनदेनको चस्का उनीमा त्यही बेला पस्दै गयो । बाल मस्तिष्क भए पनि पैसा समात्ने र नाफा घाटा बुझ्न उनलाई गाहे भएन । 

भुसाल भन्छन्, बुबाले गरेको पसलमा अघिपछि गर्दै सामान्य व्यवसाय सिक्ने मौका पाइयो, अहिलेको यो विरासतमा बुबाको त्यही बेलाको योगदान छ । ‘जग बुबाले हालिदिनुभयो तर संरचना बनाउन हामी लाग्यौं,’ उनले भने । 

बुबासँगको त्यो सामिप्यता उनले धेरै वर्षसम्म भने गर्न पाएनन् । उनी १२ वर्षकै हुँदा उनको बुबाको देहावसान भयो । उनी १६ महिना हुँदा नै उनको आमाको पनि देहावसान भइसकेको थियो । घरमा उनी कान्छा छोरा हुन् । उनीमाथि दुई दाजुहरू छन् । त्यो बेला दाइहरूको सहारामा उनले आफूलाई अगाडि बढाउँदै लगे । 

बुबाको देहावसानपछि भुसालले १३ वर्षको उमेरमा बुटवल आएर सामान गुल्मी लगेर बेचे । ‘मैले त्यो बेला नै बुटवलबाट सामान लिएर गुल्मी आएर बेच्न थालिसकेको थिएँ,’ काठमाडौं गौशालाको कर्पोरेट अफिसमा आफ्नो विगत सम्झँदै भुसालले भने । ‘दाइहरू पनि हुनुहुन्थ्यो तर एक्कासि आफूलाई पनि जिम्मेवारी थपिएपछि अगाडि बढ्नै पर्यो त्यसैले बुबासँगको थोरै संगतले पनि व्यवसायमा अघि बढियो ।’

१५ वर्षको उमेरमा त उनले गुल्मीमा भाडा, हार्डवयरका सामान र खाद्यान्नका सामान राखेर बेच्न सुरु गरिसकेका थिए । खासमा उनी आफैं बुझेको पक्का व्यापारी बनिसकेका थिए । 

२०३९ सालमा गुल्मीमा मोटरबाटो पुग्यो । भुसालले पहिलो पटक त्यही बाटो हुँदै बेलारस ट्याक्टर गाउँमा पुरयाए । ट्याक्टरसँग गाउँलेहरूमा मात्र होइन भुसाल आफैंको पनि सामिप्यता बढ्यो । 

‘२०४१ सालमा गुल्मीमा ३५ सिटे बस पनि मैले पुर्याए, गुल्मीको विकाससँगै मेरो व्यावसायिक यात्रा पनि अघि बढिरहेको थियो त्यसैले हरेक विकासका गतिविधिमा म सँगसँगै रहे,’ उनले भने । 

भुसाल २२ वर्षको हुँदा २०४८ सालमा बुटवल सरे । गुल्मीको व्यवसाय जेठो दाइले हेर्न थाले । उनले अझै पनि छ । भुसालको माइलो दाइ राजनीतिमा लागे । अहिले रेसुङ्गा नगरपालिकाको मेयर । 

२०४८ सालदेखि व्यवसाय उतारचढाव भइरह्यो । व्यवसाय गर्दा आर्थिक समस्याले जहिल्यै उनलाई सतायो । त्यो बेला १५ लाख रुपैयाँका लागि बैंकलाई अनुरोध गर्दा पनि पत्याएका थिएनन् । अहिले १० वटा बढी बैंकले विश्वास गरेर भुसाल गु्रपमाथि अर्बौंको लगानी गरेको छ । 
भुसाल बुटवलमा आएर पनि किराना पसल गरे । ठेक्पापट्टाको व्यवसायमा पनि सक्रिय भए । खाद्यान्न, कृषि सामग्रीको ढुवानीमा लागे । व्यवसायलाई विस्तारै रफ्तार समात्दै गयो । बसहरू किने, ट्रकहरू किने । 

‘बुबाको देहावसानपछि म निरन्तर व्यवसायमा नै लागे, यतिसम्मकी मलाई पढाइमा पनि चासो रहेन,’ उनले भने । ‘बुबाको मृत्युपछि त्यति सिरियस भएर पनि पढिएन, डिस्टर्ब पनि भइरह्यो’ । 

व्यापारमा उतारचढाव नजिकबाट देखेँ, आर्थिक समस्याले सोचेको व्यवसाय तत्काल सुरु गर्न पनि पाइएन, धैर्य र मिहिनेत गरेपछि केही बाटो तय भएको उनी सुनाउँछन् । 

भुसालले २०५२ सालमै साझेदारीमा सिमेन्ट उद्योगमा लगानी गरेका थिए । पछि साझेदारीमा विवाद आएपछि आफ्नो लगानी झिके । 
भुसालले २०५५ सालदेखि गु्रप बनाएर संस्थागत कारोबार गरिरहेका छन् । २०५५ सालमा ट्याक्टर व्यवसायमा छिरेपछि भुसालको व्यावसायिक जीवनमा नयाँ मोड लियो । अहिले पनि थु्रपै व्यवसाय र उद्योग हुँदा उनलाई ट्याक्टर व्यवसायीको रुपमा धेरैले चिन्छन् ।

भुसालले २०५२ सालमै साझेदारीमा सिमेन्ट उद्योगमा लगानी गरेका थिए । पछि साझेदारीमा विवाद आएपछि आफ्नो लगानी झिके । भुसालले २०५५ सालदेखि गु्रप बनाएर संस्थागत कारोबार गरिरहेका छन् । २०५५ सालमा ट्याक्टर व्यवसायमा छिरेपछि भुसालको व्यावसायिक जीवनमा नयाँ मोड लियो । अहिले पनि थु्रपै व्यवसाय र उद्योग हुँदा उनलाई ट्याक्टर व्यवसायीको रुपमा धेरैले चिन्छन् ।

यसमा उनले आफैं पनि गर्वको महसुस गर्छन् । न्यू–होल्यान्ड ट्याक्टरको नेपालका लागि वितरक भएर नेपालभर उनले ट्याक्टर पुर्याइरहँदा त्योसँगै उनको चिनारी पनि फैलिँदै गयो । गाउँमा पहिलो पटक ट्याक्टर पु¥याएको त्यो भावनात्मक सम्बन्ध व्यवसायको नयाँ मोड बन्यो । 

ट्याक्टर व्यवसायपछि भुसालले पछि फर्केर हेर्नुपरेन । यसपछि उनले राइसमिल सञ्चालनमा ल्याए, चिउरा मिल खोले । व्यापारबाट उनी विस्तारै उद्योगतिर छिरिसकेका थिए । उद्योगको नशा लागेजस्तै भइसकेको थियो । उद्योगबाट अर्थतन्त्र र रोजगारीमा परेको सकारात्मक प्रभावका विषयमा उनी जानकार भइसकेका थिए । 

उनले केवल तार उत्पादन गर्ने उद्योग पनि सञ्चालनमा ल्याए, गत वर्ष विशाल सिमेन्ट उद्योग खरिद गरे र सोही बेला प्लाई उद्योग पनि सञ्चालनमा ल्याए । 

भुसाल गु्रपको रफ्तार यत्तिकैमा रोकिएको छैन । बालकृष्ण भुसालले मेघा होटलको चेन बनाइरहेका छन् । भैरहवाको बेलैयामा डेढ अर्ब लगानीमा पाँचतारे मेघा होटलको निर्माण अन्तिम चरणमा छ । जहाँ अन्तर्राष्ट्रिय ब्रान्ड ¥याडिसनले व्यवस्थापन सम्हाले विषयमा छलफल भैरहेको छ । त्यस्तै बुटवलमा पनि ४ तारे होटल निर्माण भइरहेको छ । यी दुई होटल आगामी एक वर्षभित्र सञ्चालनमा आउने भुसाल बताउँछन् । 

मणिग्राम र गुल्मीमा पनि मेघा होटल खोल्ने योजनामा भुसाल छन् । गुल्मी र मणिग्रामका होटल खोल्नका लागि जग्गा लिइसकेका छन् । 
भुसाल गु्रपको मेघा बैंक र साइन रेसुङ्गा विकास बैंकमा पनि प्रमोटर सेयर रहेको छ । 

भुसालका दुई छोरा र एक छोरी छन् । दुवै छोराहरूले अहिले व्यवसायमा साथ दिइरहेका छन् । जेठो छोरा अमृत भुसालले पूरै समय अहिले गु्रपको व्यवसाय हेर्न थालिसकेका छन् । कान्छो छोरा अंकित भुसाल केही समयपछि ४ वर्षका लागि लण्डन पढ्न जाने तयारीमा छन्।

त्यस्तै छोरी अजिता भुसाल अधिकारीले पनि गु्रपअन्तर्गत नै व्यवसायमा संलग्न रहेकी छिन् । ‘हामी मोफसलबाट उदाउँदै गरेको समूह हो, पारिवारिक सपोर्टमा रहेकाले सबै परिवारले केही न केही व्यवसाय प्रत्यक्ष हेरिरहेका छौं,’ भुसालले भने । ‘व्यवसाय गर्न दुःख छ तर, निरन्तर लागि राख्नुपर्छ एउटा उचाइमा भने पुगिन्छ,’ भुसालले विश्वास व्यक्त गरे । 

व्यवसाय गर्न कि पुस्तौं पुस्ताको सम्पत्ति र लिगेसी हुनुपर्छ नत्र आर्थिक रुपमा सपोर्ट गर्न बैंक साथमा हुनुपर्ने भुसाल बताउँछन् । ‘अहिले बैंकले साथ दिएको छ, बैंकले अहिले भुसाल ग्रुपलाई लगानी गर्नुपर्छ भनेर आफैं आउने गरेका छन्,’ उनले भने । ‘यो विश्वास दिलाउन हामीले वर्षांैदेखि मिहिनेत गरेर आएका हौं ।’ 

‘नेपालमा व्यवसाय गर्नलाई कसैलाई रोकटोक छैन । जसले राम्रो गर्छ राज्यले पनि सहयोग गरेको देखिन्छ जसले अनेक बहाना बनाएर बढी माग राखेको देखिन्छ त्यो बेलामा राज्य कठोर भएको पाइन्छ,’ उनले भने । इथिकल व्यवसायका लाग्नुपर्छ । गल्ती हुँदा सुधारको मौका पनि दिनुपर्छ । नियतवश गल्ती हो कि अन्जानमा गल्ती हो त्योअनुसार कारबाही हुनुपर्ने धारणा भुसालको छ ।  

पहिला १५ लाख दिन पनि बैंकले आनाकानी गरेको अवस्था थियो । तर, अहिले दुई तीन अर्ब भुसाल ग्रुपलाई सजिलै दिने विश्वास बनेको भुसाल बताउँछन् ।  बसमा स्टाफ नहुँदा बसमा हिँडेर कन्डक्टरको काम पनि गरे अनुभव भुसालसँग छ । २०४१ सालमा भैरहवा–पोखरा चल्ने बसमा धेरै पटक पैसा उठाउने गरी ओहोर दोहोर गरे । 

‘व्यवसायमा जे समस्या अगाडि आउँछ त्यसलाई समाधान गर्न आफैं खट्न पर्छ नत्र समय अगाडि गइसकको हुन्छ,’ भुसाल बताउँछन् । मैले व्यवसायमा चाहिने जोखिम, संघर्ष, मिहिनेत सबै गरे । 

आफ्नो व्यवसायको सफलतामा गुल्मी, स्याङ्जा, बागलुङ, बुटवल, प्यूठान, रुपन्देही, पाल्पा, दाङ, नेपालगन्जका व्यवसायीहरूले बढी साथ दिएको उनी बताउँछन् । ‘व्यवसायमा जोखिम पनि लिनुपर्छ, नाफा मात्र पूरै खोजेर हुँदैन । जोखिम मोलेर नाफा हेर्ने हो, मैले त्यही गरे,’ उनले भने । 

भुसालले बन्द भएको केवल तार उद्योग लिएर राम्रोसँग सञ्चालनमा गरिरहेका छन् । त्यस्तै विशाल सिमेन्ट पनि क्षमताअनुसार सञ्चालनमा थिएन त्यसलाई लिएर पूर्ण क्षमतामा सञ्चालनमा ल्याई देशका विभिन्न सहरहरूमा पुर्याइसकेका छन् ।  ‘विशाल सिमेन्ट अहिले ८०० टन क्षमताको उद्योग हो अब चाँडै २ हजार टन क्षमतामा पुर्याउँदैछौं,’ उनले भने ।  

ट्याक्टर व्यवसायको नेटवर्कलाई सिमेन्ट व्यापारमा सजिलो बनायो, त्यही नेटवर्कमार्फत सिमेन्ट जिल्ला जिल्लामा पुग्न थालेको भुसाल बताउँछन् ।  

एक वर्षअघि सिमेन्ट उद्योग लिँदा मुर्खता गरेकी भन्ने लागेको थियो तर अहिले म पूर्णरुपमा सन्तुष्ट छु । चाँडै क्लिन्कर उद्योग पनि सञ्चालनमा ल्याउँछौं । त्यस्तै साबुन उद्योग पनि २ महिनाभित्र सञ्चालनमा आउने गरी काम भइरहेको उनले बताए ।  

माओवादीको युद्ध, भूकम्प, नाकाबन्दी, कोरोना भाइरसमा पनि व्यवसायमा म कत्ति पनि बिचलित भइन् यही बेला व्यावसायिक योजना बनाएर अगाडि बढे । त्यही योजना कार्यान्वयन हुँदै गयो । कुनै राजनीतिक दल र नेताले अहिलेसम्म दुःख नदिएको उनी बताउँछन् । 

‘नेपालमा व्यवसाय गर्नलाई कसैलाई रोकटोक छैन । जसले राम्रो गर्छ राज्यले पनि सहयोग गरेको देखिन्छ जसले अनेक बहाना बनाएर बढी माग राखेको देखिन्छ त्यो बेलामा राज्य कठोर भएको पाइन्छ,’ उनले भने । इथिकल व्यवसायका लाग्नुपर्छ । गल्ती हुँदा सुधारको मौका पनि दिनुपर्छ । नियतवश गल्ती हो कि अन्जानमा गल्ती हो त्योअनुसार कारबाही हुनुपर्ने धारणा भुसालको छ ।  

‘व्यवसायको मूल मर्ममा लाग्नुपर्छ, रोजगारी सिर्जना गर्नेतर्फ लाग्नुपर्छ, हामीले ६०० जनालाई रोजगारी दिएका छौं, अब आउने उद्योग र व्यवसायमा ४०० जनाले रोजगारी पाउँछन्,’ उनले भने ।  विभिन्न क्षेत्रमा १० अर्ब रुपैयाँ लगानी गरिसकेका भुसालले २ वर्षभित्रमा थप ४ अर्ब लगानी गर्ने योजनामा छ ।
 

सोमबार १४ भदौ २०७८ ०७:५३ AM मा प्रकाशित

प्रतिक्रिया