सोमबार, जेठ ३१ २०७८ ११:१८ AM

×

ट्रान्सपोर्टरलाई प्यान नम्बर नचाहिने, २.५ प्रतिशत टीडीएस काटे पुग्ने

images

काठमाडौं । ढुवानीकर्ताले अनिवार्य प्यान नम्बर लिनुपर्ने व्यवस्था हटाइएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत उक्त व्यवस्था हटाइएको हो । 

अब ढुवानीकर्तालाई अनिवार्य प्यान नम्बर लिनुपर्ने बाध्यता छैन । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले ढुवानीकर्ताले अनिवार्य प्यान नम्बर लिनुपर्ने बनाएपछि ढुवानी चालकहरुले त्यसको विरोध गरेका थिए । 

खतिवडाले गरेको गल्तीलाई सुधार्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षबाट प्यान नम्बर नचाहिने भएको हो । कतिपय चालकहरु अनपढ भएको र उनीहरुले प्यान नम्बरसमेत नलिने गरेकाले ठूलो समस्या उत्पन्न भएको थियो । तर, अब २.५ प्रतिशत टीडीएस काटे मात्रै पुग्ने बनाइएको छ । 

ट्रक चालक र आफ्नै ट्रक हुन्छ । उनीहरु भ्याट बिल काट्न जाने अवस्था थिएन । तर, एउटै ट्रकको कारोबार २० लाख रुपैयाँभन्दा माथि पुगिहाल्छ । कसैले भ्याट बिल काटेर कारोबार गर्छ भने त्यो पनि पाउने बनाइएको छ । 
 

आइतबार​ १६ जेठ २०७८ ०१:२० PM मा प्रकाशित

प्रतिक्रिया