×

आगामी डिसेम्बरमा 'जीई फेस्ट' गर्दै बडवाइजर

images

काठमाडाैं । बडवाइजरले ग्यारेज इन्टरटेनमेन्ट, आईएसएस साउन्ड र गोल्डस्टारसँगको सहकार्यमा ‘जीई फेस्ट’ आयोजना गर्ने भएको छ । यो कार्यक्रम आगामी डिसेम्बर ४ मा छाया सेन्टर ठमेलमा हुनेछ । 

महामारीपछि मौन रहेको उद्योगलाई यस सांगीतिक कार्यक्रमले बढावा दिने विश्वास गरिएको छ । फेस्टको प्रमुख आर्कषण लोकप्रिय कलाकार स्वप्न सुमन र एलिमेन्टस् हुनेछ । 

साथै अन्य कलाकारमा ओएसिस थापा, प्रवेश कुमार श्रेष्ठ, सुशान्त घिमिरे, समिर श्रेष्ठ, आकाश खड्का, सितुसित र अंकित वैद्य रहेका छन् । नेपाली संगीतप्रेमीमाझ चर्चित बेक्चा यही कार्यक्रममार्फत पहिलोपटक आफ्ना श्रोतासामु आउँदैछन् । 

इभेन्टको प्रवेश शुल्क ५०० तोकिएको छ । जुन आईएमई एपमा पनि उपलब्ध छ । 

बिहान ११ः ३० बजेबाट प्रवेश गर्न सकिने यस कार्यक्रममा विभिन्न प्रदर्शन तथा बिक्री गर्न स्टल पनि रहनेछन् । 
 

सोमबार १३ मंसिर २०७८ ०३:०३ PM मा प्रकाशित

प्रतिक्रिया