×

सरकारले देशव्यापी बजार अनुगमन गर्ने, मूल्य नघटाए कारबाही

images

काठमाडौं । महँगी नियन्त्रणका लागि सरकारले देशव्यापी बजार अनुगमन गर्ने भएको छ । बुधबार वाणिज्य मन्त्रालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बडूले इन्धनको मूल्य बढेपछि खाद्यान्न, औषधि र सेवाको मूल्यमा गरिएको मूल्य वृद्धि घटाउन र उपभोक्तालाई राहत दिन यस्तो निर्णय गरिएको बताए ।

सबै संयन्त्र परिचालन गरेर बजार अनुगमन गर्ने निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए । देशव्यापी बजार अनुगमन गर्न र मूल्य नियन्त्रण गर्न अनुगमन तथा निरीक्षण अधिकृत तोक्न जिल्ला प्रसासन र स्थानीय तहलाई पत्राचार गरिएको पनि उनले बताए ।

बुधबार १५ असार २०७९ ०५:२१ PM मा प्रकाशित

प्रतिक्रिया