×

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा निरन्तर, भुक्तानीकाे समस्या समाधान

images

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनः निरन्तरता दिने भएको छ । 

असार १५ गते अर्थात् बुधबारदेखि नै सो कार्यक्रमलाई निरन्तरता दिने भएको हो । 

यसअघि त्रिवि शिक्षण अस्पतालले एक सूचना जारी गर्दै भुक्तानी नपाएको भनी स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने जानकारी दिएको थियो ।

तत्पश्चात् स्वास्थ्य बिमा बोर्डले बिमितको उपचार सेवालाई नियमित गर्न आग्रह गरेको थियोे ।

बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्थाले पठाएका बिमितको उपचारबापतको भुक्तानीको प्रक्रिया भइरहेकाले बिमितलाई नियमित स्वास्थ्य सेवा प्रवाह गर्न आग्रह गरेका थिए । 

अहिले बोर्डले अस्पताललाई पत्राचार गर्दै बिमासम्बन्धी समस्यालाई सम्बोधन गर्न प्रक्रिया अगाडि बढाएपछि र रकम सोधभर्ना पठाउने भनेर पत्राचार गरेपछि कार्यक्रम सुचारु गरिएको हो । 

बुधबार १५ असार २०७९ ०४:१२ PM मा प्रकाशित

प्रतिक्रिया