काठमाडौं । राजस्व अनुसन्धान विभागले २२ करोड १९ लाख ४६ हजार ७०३ रुपैयाँ कर छली गरेको आरोपमा पशुपति रोड क्यारियर्सका सञ्चालक महेन्द्रप्रसाद गुप्तासहित २७ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।
विभागले पशुपतिकै राजेन्द्रप्रसाद गुप्ता, मधुकुमारी गुप्ता, ओमप्रकाश भनिने उपेन्द्रकुमार सिंह, अन्जियम आलमविरुद्ध मुद्दा दर्ता गरेको हो ।
यस्तै न्यु मनकामना सप्लायर्स रुपन्देहीकी रेखा जैसवाल र राकेशप्रसाद जैसवाल, सुद्रानिया इम्पेक्स काठमाडौंका भरतकुमार अग्रवाल, आएनएस इन्टरनेसनल प्रालिका अमित प्रधान तथा सुजित महर्जन, श्यामप्रसाद बस्याल, अरुण क्लोथ सपका चन्द्रबहादुर श्रेष्ठ, जयबहादुर भट्ट, ब्याय सेन्टरका कारोबारी टिंकु उर्फ अभिषेक कुमारलगायतका व्यक्तिहरुविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।
पशुपति रोड क्यारियर नेपाल बुटवल शाखाले अर्कै नाम प्रयोग गरी मालवस्तु ढुवानी साधनको अनुगमन प्रणालीमा प्रविष्ट गरी पठाएको तर अन्य विभिन्न फर्महरुले बिनाबिलबिजक बुझिलिएको विभागले जनाएको छ । साथै पशुपतिलगायतका फर्महरुले भन्सार नाका प्रयोग नगरी प्रज्ञापनपत्रसमेत नभरी, खरिदबिक्री नजनाई भन्सार, आयकर, मूल्यअभिवृद्धि कर र लाभांश करसमेत छली गरेको आरोपको विभागको छ ।
साथै विभागले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ३, ४ (क), (ख), (ग), (छ) र (झ) बमोजिमको कसूर पुष्टि भएकाले सोही ऐनको दफा (२छ१) बमोजिम हुन आउने २२ करोड १९ लाख ४६ हजार ७०३ रुपैयाँ र साेबापत हुन आउने शतप्रतिशत जरिवानासमेत गरी ४४ कराेड ३८ लाख ९३ हजार ४०६ रूपैयाँकाे मागदाबी गरेको छ ।