काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-१ घर भई भक्तपुर चागुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ४७ वर्षीय मुकुन्दप्रसाद पराजुली र काठमाडौं टोखा बस्ने जुम्ला कनकासुन्दरी गाउँपालिका-५ घर भएका ५१ वर्षीय देवी कृष्ण न्यौपाने छन् ।
आइतबार केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले देवी प्रसादलाई ललितपुर बालकुमारीबाट र मुकुन्दप्रसाद पराजुलीलाई भक्तपुर चागुनारायणबाट सोमबार पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७८ मंसिर १४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा देवीकृष्ण न्यौपानेलाई ९ लाख रूपैयाँ जरिवाना र ५ दिन कैद सजाय तथा सोही अदालतको २०७९ साउन १५ गतेको फैसलाले मुकुन्दप्रसाद पराजुलीलाई १५ लाख रूपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भएको थियो ।
उनीहरूले पीडितलाई झुक्याई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । फैसला कार्यान्वयनका लागि पक्राउ परेकामध्ये देवी कृष्णलाई जिल्ला अदालत ललितपुर र मुकुन्द प्रसादलाई जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ ।
प्रतिक्रिया