बुधबार, कात्तिक ३ २०७८ ०८:५८ AM

×

प्राविधिक गडबडी नदेखिएपछि सोमबार ल्याण्डिङ गियरमा समस्या आएको जहाज उड्यो

images

काठमाडौं । बुद्ध एयरको प्राविधिक र नेपाल नागरिक उड्डयनको टोलीले निरीक्षण गर्दा कुनै समस्या नदेखिएपछि एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ले पुनः उडान सुरु गरेको छ ।

सोमबार बिहान विराटनगरमा अवतरण गर्ने बेलामा सो जहाजको ल्याण्डिङ गियरमा समस्या देखिएपछि काठमाडौंमा फर्किएको थियो । बुद्धका सिनियर क्वालिटी एसुरेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठले ल्यान्डिङ गियरको प्राइमरी इन्डिकेटरमा समस्या देखिए पनि इन्जिनियरहरुले जाँच गर्दा कुनै त्रुटि नभेटिएको बताए ।

७२ सिटे उक्त जहाजबाट मंगलबार विहानैदेखि उडान सेवा थालिएको छ ।

 

मङ्गलबार १२ असोज २०७८ ११:५३ AM मा प्रकाशित

प्रतिक्रिया