बुधबार, कात्तिक ३ २०७८ ०९:३१ AM

×

कुमारी बैंकले गर्यो ८.६७ प्रतिशत लाभांश प्रस्ताव

images

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ८.६७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश स्वीकृत गर्न नेपाल राष्ट्र बैंकमा पठाउने जानकारी कुमारीले दिएको छ । राष्ट्र बैंकबाट स्वीकृति भएपछि वार्षिक साधारणसभाबाट पारित गरेर सेयरधनीलाई वितरण गर्ने बैंकले जानकारी दिएको छ । बैंकको चुक्ता पुँजी १३ अर्ब ८७ करोड रुपैयाँ छ । 

मङ्गलबार १२ असोज २०७८ ११:५६ AM मा प्रकाशित

प्रतिक्रिया