मङ्गलबार, असोज १२ २०७८ ०५:११ PM

×

ई–सेवा र कोजेन्ट हेल्थको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा चिरायु राष्ट्रिय अस्पताल आबद्ध

images

 

काठमाडौं । चिरायु राष्ट्रिय अस्पतालमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि अनलाइनबाट अपोइन्टमेन्ट लिन मिल्ने भएको छ । ई–सेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा अस्पताल आबद्ध भएसँगै अनलाइनबाट अपोइन्टमेन्ट लिन मिल्ने भएको हो ।

अनलाइन अपोइन्टमेन्टको कारण अस्पतालको ओपिडी सेवा चुस्त बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा अस्पतालले गरेको छ । बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने भएकाले अस्पतालमा लाइन लाग्नु नपर्ने तथा समयको बचत हुने बताइएको छ । कोजेन्ट हेल्थ र ई–सेवाले अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरु गरेसँगै उक्त प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढेकोसमेत बताइएको छ ।

कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाको व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ ।

कोजेन्ट हेल्थ र ई–सेवाले निर्माण गरेको ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्टलगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थामा प्रयोग भइरहेका छन् ।

बुधबार १३ साउन २०७८ ११:०९ AM मा प्रकाशित

प्रतिक्रिया