×

कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभुति गर्ने 

images

काठमाडौं। नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनीकाे हकप्रद सेयरको प्रत्याभुति गर्ने भएको छ। मंगलबार कोष र हाइड्रोपावर कम्पनीबीच प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो। 

कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत (१ः०.७५को अनुपात) ले हुने १ अर्ब २० कारोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद सेयरको प्रत्याभुति कोषले गर्ने भएको छ।  सो सम्बन्धी सम्झौतामा कोषकाबाट कार्यकारी निर्देशक रमण नेपाल र दोलखा हाइड्रोपावरको अध्यक्ष रन्जना दहालले हस्ताक्षर गरेकी छन्। 

मङ्गलबार ११ असोज २०७९ ०४:११ PM मा प्रकाशित

प्रतिक्रिया