×

३२ अर्बमा सिमेन्ट कारखाना स्थापना गर्न लगानी बोर्ड–दाङ एमओयु हुँदै 

images

काठमाडौं। प्रस्तावित दाङ सिमेन्ट र लगानी बोर्डबीच समझदारी (एमओयु) हुने भएको छ।  दसैंलगत्तै एमओयु गर्ने गरी मस्यौदा (ड्राफ्ट) तयार भइसकेको छ। लगानी बोर्ड र उद्योगलाई १० महिनाभित्र परियोजना लगानी सम्झौता (पिआइए) गर्नुपर्ने बाध्यता छ। 

images

साढे ३२ अर्ब लगानीको दाङ सिमेन्ट सञ्चालन कहिले ?

नेपाल–चीन संयुक्त लगानीमा स्थापना हुन लागेको दाङ सिमेन्टको दैनिक क्षमता ६ हजार टन छ । उद्योगले आफूलाई चाहिने कच्चा वस्तु क्लिंकरसमेत उत्पादन गर्ने छ । बोर्डले सिमेन्ट उद्योगका लागि साढे ३२ अर्ब रुपैयाँबराबरको लगानी स्वीकृत गरिसकेको छ ।  

लगानी बोर्ड बैठकले आगामी २०८० असारभित्र पिआइए गर्न समयसिमा दिएको छ। 

images

दाङ सिमेन्टको ८५ प्रतिशत सेयर होङ्सीको हातमा, भारतकाे अम्बुजा बाहिरियो

अम्बुजाले एसएचईलाई ६२ करोड रुपैयाँमा २० लाख २९ हजार कित्ता सेयर बिक्री गरेको हो । कम्पनी रजिस्ट्रारको कार्यालयले अम्बुजाको सेयर एसएचई इन्भेस्टमेन्टमा नामसारी गरिसकेको छ । 

पिआइए भएपछि सिमेन्ट उत्पादन गर्न कारखाना स्थापना र खानी उत्खनन अनुमतिपत्र (लाइसेन्स) दिइने छ। अहिले उद्योग स्थापना गर्न प्रारम्भिक काम भइरहेकाले कारखाना पूर्वाधार निर्माणको काम सुरु हुन सकेको छैन।

नेपाल–चीन संयुक्त लगानीमा स्थापना हुने दाङ सिमेन्टको दैनिक क्षमता ६ हजार टन छ। उद्योगले आफूलाई चाहिने कच्चा वस्तु क्लिंकरसमेत उत्पादन गर्ने छ। 

बोर्डले सिमेन्ट उद्योगका लागि साढे ३२ अर्ब रुपैयाँबराबरको लगानी स्वीकृत गरिसकेको छ।  

उद्योगमा चीनको होङ्सी सिमेन्टको माउ कम्पनी हङकङ रेडलाइन नम्बर ३ लिमिटेडले स्थापना गरेको एसएचई इन्भेस्टमेन्ट होल्डिङ्स, विजय दुगड, केसी समूह र कृष्णमुरारि अमात्यको लगानी हुनेछ। लगानी बोर्डको २०७७ असार ५ मा बसेको बोर्ड बैठकले लगानी स्वीकृत गरेको थियो। 

सिमेन्ट कच्चा पदार्थ क्लिंकर उत्पादन गर्न उद्योगले खानी लिइसकेको छ। उद्योगले जग्गा खरिद साथै खानी सञ्चालन अनुमति पनि पाइसकेको छ।

यस्तै उद्योग परिसरमा सडक र विद्युत प्रसारणलाइन पूर्वाधार पुगिसकेको छ। वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) समेत भइसके पनि थप ईआइए हुन बाँकी छ। 

उद्योगले ४० मेगावाट विद्युत खपत गर्ने छ। त्यसमध्ये १२ मेगावाट उद्योगले नै उत्पादन गर्ने छ। उद्योगबाट निस्किने धुलोबाट विद्युत उत्पादन हुनेछ। 

खानीबाट उद्योगसम्म क्लिंकर ल्याउन करिब सात किलोमिटर लामो ‘कन्भेयर बेल्ट’ निर्माण गरिने छ। 

सिमेन्ट कारखाना पूर्वाधार तयार नहुँदै भारतको अम्बुजा सिमेन्ट लिमिटेड बाहिरिएको छ। आफ्नो स्वामित्वमा रहेको सबै सेयर चीनको होङ्सी सिमेन्टको माउ कम्पनी हङकङ रेडलाइन नम्बर ३ लिमिटेडले स्थापना गरेको एसएचई इन्भेस्टमेन्ट होल्डिङ्सलाई बिक्री गरी नेपालबाट बाहिरिएको हो। 

भारतको अम्बुजा सिमेन्ट लिमिटेडले एसएचईलाई ६२ करोड रुपैयाँमा २० लाख २९ हजार कित्ता सेयर बिक्री गरिसकेको छ। कम्पनी रजिस्ट्रारको कार्यालयले अम्बुजाको सेयर एसएचई इन्भेस्टमेन्टमा हस्तान्तरण गरिसकेको छ। 

सिमेन्टमा चिनियाँ कम्पनी एसएचई इन्भेस्टमेन्टको झन्डै ८५ प्रतिशत स्वामित्व हुनेछ। बाँकी नेपाली लगानीकर्ताको हुनेछ। सिमेन्ट कारखाना र खानी उत्खनन पूर्वाधार तयारीका लागि सेयर रहने भएको छ।  

दाङ सिमेन्टमा अब चिनियाँ कम्पनी एसएचई इन्भेस्टमेन्टको २० लाख २९ हजार कित्ता स्वामित्व हुनेछ। त्यस्तै नेपाली लगानीकर्ताहरू विजय दुगडको ६२ हजार ७ सय ३०, सूर्यबहादुर केसी परिवारको ३३ हजार ७ सय ३० र कृष्णमुरारि अमात्यको ७९ हजार कित्ता स्वामित्व रहेको राजिस्ट्रारको कार्यालयले जनाएको छ। 

दाङ सिमेन्ट चीनको हङकङ लायनको नेपालमा दोस्रो उद्योग हो। यसअघि नेपाली साझेदार शिवम सिमेन्ट लिमिटेडको ३० र हङकङ रेडलायनको ७० प्रतिशत लगानीमा स्थापना गरेको होङसी सिमेन्ट रहेको छ।आफ्नै क्लिंकर उत्पादन गर्ने खानीसमेत रहेको होङ्सीको दैनिक उत्पादन क्षमता ६ हजार टन छ। 

दाङ सिमेन्टमा चीनकै हङकङ लायनको नेपालमा दोस्रो उद्योग हो। यसअघि नेपाली र चिनियाँ लगानीमा होङ्सी शिवम सिमेन्ट प्रालिबाट सिमेन्ट उत्पादन भइरहेको छ।

त्यस्तै बोर्डको ४७औं बैठकले सेयर किनबेच सम्झौता पनि स्वीकृत गरेको थियो। उद्योगमा ४० प्रतिशत स्वपुँजी (इक्विटी) र ६० प्रतिशत ऋण लगानी हुनेछ। 

एचएसई इन्भेस्टमेन्टले दाङ सिमेन्टमा १५ अर्ब रुपैयाँ लगानी ल्याउने बताइएको छ। हाल उद्योगका लागि ४० बिघा जग्गा खरिद भइसकेको छ। उद्योगको सिमेन्ट कारखाना दाङ बबई गाउँपालिका पुरनधारा र क्लिंकर उत्पादन खानी सल्यान त्रिवेणी र कालिमाटी गाउँपालिकामा छ। 

पहिला पोखराको केसी समूहले दाङमा सिमेन्ट उद्योग स्थापना तथा क्लिंकर उत्खननका लागि अनुमति लिएको थियो। तर, अनुमति लिएको डेढ दशकसम्म पनि उद्योग स्थापना हुन सकेको थिएन। 

केसी समूहका अध्यक्ष सूर्यबहादुर केसीले उद्योग खोल्न नसकेपछि उनले भारतीय कम्पनी अम्बुजा सिमेन्टलाई बहुमत सेयर बिक्री गरेका थिए। 

मङ्गलबार ११ असोज २०७९ ११:३६ AM मा प्रकाशित

प्रतिक्रिया