बुधबार, कात्तिक ३ २०७८ १०:०४ AM

×

दीपकराज जोशी:जसले बोर्ड छोडे, पर्यटन छोडेनन्

images

काठमाडौं । सम्भवतः पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मध्ये उनी मात्र हुन, जसले आफ्नो पदावधि सकिएपछि पनि पर्यटन क्षेत्रमै कृयाशील छन् । बोर्डको कार्यकाल सकिएपछि अन्य ठाउँमा रोजगारीमा जाने वा अरु पेशा व्यवसायमा अन्य सीईओहरु लागेको भए पनि दीपकराज जोशी भने पर्यटन क्षेत्रमै रमाइरहेका छन् ।

२०७६ साल पुस ७ गते चार वर्षेकाल पूरा गरेका पर्यटन बोर्डका सीईओ जोशीको तीन महिनाको लागि म्याद थप भएको थियो । पछि उनले सीईओका लागि प्रतिस्पर्धा गरे पनि छनौट चरणबाटै बाहिरिएका थिए ।

छनौट चरणबाट बाहिरिए पनि उनले पर्यटन क्षेत्रलाई माया भने मारेनन् । झन उनी यस क्षेत्रलाई ‘प्रमोशनका’ लागि खुल्ला रुपमा अहोरात्र लागिरहेका छन् । बोर्डमा अवधि सकिएपछि उनलाई नयाँ ठाउँबाट जागिरको लागि अफर नआएको भने हैन । तर, उनले चाहेको बोर्डको जिम्मेवारी नपाएपछि कुनै संस्था वा कम्पनीमा गएर काम गर्नुभन्दा खुल्ला रुपमा काम गर्ने सोच बनाए ।

पर्यटन बोर्डमा पदावधि सकिएको करिब डेढ बर्ष भन्दा बढी भयो । यो बीचमा थुप्रै ठूला ठूला कर्पोरेट हाउसहरु,निजी क्षेत्रहरुले जागिरका लागि प्रस्ताव आएको थियो । तर, म त्यहाँ गइन । किन कि त्यहाँ जाँदा कम्पनीको निश्चित उद्देश्य पूरा गर्न मात्र काम गर्नुपर्ने हुन्छ । मेरो सोच भनेको त्योभन्दा धेरै नै गर्नुछ । बाहिर बसेर धेरै ठाउँमा गर्न सकिने र आफ्नो उद्देश्यअनुसार चल्न पाउने भएकोले पनि अहिले म कुनै कम्पनीहरुमा आबद्ध नभएको हुँ ,उनले भने ।

‘पर्यटन मैले सबैभन्दा बढी माया गरेको क्षेत्र हो, किन कि नेपाल र विदेशमा अथाहा सम्भावना हुँदाहुदै उचित प्रतिफल लिन सकेको छैन, पूर्वसीईओ जोशीले भने, यसलाई उजागर गर्न नसकेकै कारण विडम्बनायुक्त बोध गरेर यो क्षेत्रबाट नेपाललाई साँच्चिकै समृद्ध बनाउन सकिन्छ भन्ने बुझाइको साथ लामो समयदेखि पर्यटन क्षेत्रमा लागिरहेको छु ’ ।

कोभिड महामारीले पर्यटन क्षेत्रमा अहिलेसम्म नदिएको ठूलो पीडा दिएको छ । पर्यटन भनेकै ‘मुभमेन्टमा’ आधारित क्षेत्र हो । जब मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जादाखेरी त्यहाँ जे जति गतिविधिहरु गर्छन् र त्यहाँ गर्ने खर्चबाट आउने अर्थतन्त्र हो । 

‘पर्यटन मैले सबैभन्दा बढी माया गरेको क्षेत्र हो, किन कि नेपाल र विदेशमा अथाहा सम्भावना हुँदाहुदै उचित प्रतिफल लिन सकेको छैन, पूर्वसीईओ जोशीले भने, यसलाई उजागर गर्न नसकेकै कारण विडम्बनायुक्त बोध गरेर यो क्षेत्रबाट नेपाललाई साच्चिकै समृद्ध बनाउन सकिन्छ भन्ने बुझाइको साथ लामो समयदेखि पर्यटन क्षेत्रमा लागिरहेको छु ’ ।

पर्यटन क्षेत्रले करिब १० लाख भन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी दिइरहेको छ । अर्को भनेको बैदेशिक मुद्रा आर्जनमा धेरै ठूलो सहयोग गरेको क्षेत्र हो भने वैदेशिक लगानी भित्र्याउने मुख्य क्षेत्र पनि यही हो । वातावरणमैत्री उद्योग भएकोले स्थानीय समुदायहरुलाई समावेश गर्दै उनीहरुलाई पनि फाइदा दिँदै परिचालन गर्न सकिन्छ ।

‘संस्कृति र प्रकृतिको संरक्षण गरी आयआर्जन गर्न सकिने भएकोले पनि पर्यटन क्षेत्र अर्को महत्वपूर्ण पाटो हो, यिनै बुझाइहरुको कारण मैले पर्यटन क्षेत्र छोड्न नसकेको हुँँ,उनले भने  ।

महामारीका बीचमा पर्यटन क्षेत्रका साथीहरुलाई हौसला दिन अवका दिनमा गर्ने योजना, विगतका महामारी र संकट टार्न बनाएका योजनाहरुको बारेमा एकअर्काबीच आदानप्रदान गर्न लागिरहेको उनी बताउछन् ।  

महामारीको बीचमा पनि उनी धेरै गन्तव्यहरुमा घुम्न गएका थिए । ‘म सुरुको बन्दाबन्दीदेखि दोस्रो र तेस्रो चरणको महामारीसम्म पनि घुमिरहेको छु,पूर्वसीईओ जोशीले भने,  करिब ४४/४५ हजार किलोमिटर जति आफै ड्राइभ गरेर यात्रामा निस्किए लकडाउनको बीचमा पनि’ । अहिले पनि नेपालको मूख्य पर्यटकीय गन्तव्यहरु  पोखरा, चितवन, लुम्बिनी, नगरकोट, धुलिखेल, जोमसोम लगाएतका क्षेत्रमा पुगेर आइसकेको छु, उनले भने ।

महामारी आउनुअघि पर्यटनमा खासगरी भूकम्प र नाकाबन्दीले ल्याएको एक खालको संकटभन्दा केहि फरक देखिएको थियो । त्यसपछिका दिनहरुमा पर्यटन क्षेत्रप्रति मान्छेहरुको लगाव धेरै बढिरहेको देखिन्थ्यो । यो कसरी भयो भन्ने कारणहरु खोज्दैजाँदा भेटिएको उत्तरमा पर्यटन क्षेत्रको पूर्वधारको सिमिततालाई बढाएर फराकिलो बन्दै जानु, राज्य र अन्य निकायले पनि नेपालको पर्यटनको सम्भाव्यताको विषयमा आफ्नो बुझाई बढाइसकिएको र यसलाई प्राथमिकता दिँदै लगेको उनको भनाइ छ ।

नेपाल संघीयतामा गइसकेपछि प्रदेश र स्थानीय सरकारले पनि पर्यटन क्षेत्रमा ठूलो महत्व दिनुको साथै भ्रमण वर्ष २०२० घोषणा भएकाले त्यो बेला डबल संख्यामा पर्यटक भित्र्याउने महत्वकाँक्षी योजना सहितको आशलाग्दो परिस्थितिका कारण धेरैले उत्साहजनक ढंगले यो क्षेत्रमा भएका र नभएकाले पनि पर्यटनमा लगानी बढाइरहेको अवस्थामा महामारीले त्यसलाई ब्रेक लगाएको उनको भनाइ छ । 

महामारीको बीचमा पनि उनि धेरै गन्तव्यहरुमा घुम्न गएका थिए । ‘म सुरुको बन्दाबन्दीदेखि दोस्रो र तेस्रो चरणको महामारीसम्म पनि घुमिरहेको छु,पूर्वसीईओ जोशीले भने,  करिब ४४/४५ हजार किलोमिटर जति आफै ड्राइभ गरेर यात्रामा निस्किए लकडाउनको बीचमा पनि’ । अहिले पनि नेपालको मूख्य पर्यटकीय गन्तव्यहरु  पोखरा, चितवन, लुम्बिनी, नगरकोट, धुलिखेल, जोमसोम लगाएतका क्षेत्रमा पुगेर आइसकेको छु, उनले भने ।

यस्तो छ लकडाउनमा घुमघाम अनुभव

पहिलो लकडाउनको बेला (मार्च महिनामा) एक अर्काबीच भेटघाटनै नहुने र मान्छे मान्छेबीचनै त्रसित हुनुपरेको थियो । त्यो बेला मान्छेहरु बाहिर निष्कन डराउने, कुरा गर्न नमान्ने र भेटिहाले पनि अलि टाढै बसेको भेटे । त्यसपछि सेप्टेम्बरतिर आइपुग्दा मान्छेहरुमा त्यो डर विस्तारै हट्दै गएको देखियो । त्यसको मूख्य कारण भनेको आयआर्जन नहुनु नै प्रमुख देखियो ।

पहिलो लकडाउनभन्दा दोस्रो लकडाउनको बेला धेरै मान्छेहरुमा संक्रमण बढे पनि मान्छेहरु स्वास्थ्यमा धेरै डराएको देखिएन । उनीहरु खाली आफ्नो जीविकोपार्जन कसरी गर्ने भन्ने तर्फमात्र बढी चिन्तीत भएको देखिन्थ्यो ।

उनीहरु आयआर्जनको स्रोत गुम्ने डरमा धेरै थिए । कोभिडकै बीचमा गरेको सर्वेक्षणअनुसार २२ देखि २५ प्रतिशत व्यवसायीहरु पलायन भएका थिए । यो क्षेत्रमा लागेका जनशक्तिहरु पनि पलायन हुँदै गएको पाइएको छ ।

पछिल्लो समय सरकारले पर्यटन क्षेत्रलाई खुला गर्नुको साथै अनअराइभल भिसा खुला र क्वारेन्टाइनको व्यवस्था हटाउने निर्णयले पर्यटन क्षेत्रले फेरि गति लिन्छ भन्ने आशा पलाएको छ ।  व्यवसायीहरुको अपेक्षा भनेको बजार खोल्ने काम भयो अब बिजनेस कनेक्ट गर्ने वातावरण बनाइदिनुपर्ने छ । अहिले स्वास्थ्यको चिन्ताभन्दा आर्थिक पाटो गुमाएकोले भविष्य प्रतिको चिन्ता धेरै भएको देखिन्छ । भविष्य प्रति धेरै आशा देखिएको छ ।

मार्चमा लकडाउन भयो, जुलाईमा खुलेपछि सबैभन्दा पहिला पर्यटकको रुपमा धुलिखेलमा रहेको माउन्टेन रिसोर्टमा गएका थिए । त्यसको उद्देश्य भनेको पर्यटन क्षेत्रकै मान्छेहरु नघुमेको घुम्ने भन्ने सोच राखेर अरुलाई पनि घुम्नका लागि प्ररित गर्न त्यहाँ गएको हुँ ।

बेसिक मापदण्डलाई पूरा गर्ने हो भने कोभिडबाट बच्न सकिन्छ भन्ने आभाष गरेको छु । त्यसपछिको लडकाउनपछि पनि म धेरै ठाउँमा घुम्न निस्किएको छु । जसले अरुलाई पनि घुम्नका लागि प्रेरित मिल्योस भन्ने उद्देश्य हो ।

पछिल्लो समय सरकारले पर्यटन क्षेत्रलाई खुला गर्नुको साथै अनअराइभल भिसा खुला र क्वारेन्टाइनको व्यवस्था हटाउने निर्णयले पर्यटन क्षेत्रले फेरि गति लिन्छ भन्ने आशा पलाएको छ ।  व्यवसायीहरुको अपेक्षा भनेको बजार खोल्ने काम भयो अब बिजनेश कनेक्ट गर्ने वातावरण बनाइदिनुपर्ने छ । अहिले स्वास्थ्यको चिन्ताभन्दा आर्थिक पाटो गुमाएकोले भविष्य प्रतिको चिन्ता धेरै भएको देखिन्छ । भविष्य प्रति धेरै आशा देखिएको छ ।

तत्कालको बजार आन्तरिक नै हो

शिथिल भएको पर्यटन बजारलाई उकास्न आन्तरिक पर्यटकलाई प्राथमिकता दिनुपर्छ । त्यसका लागि धेरै मेहनत गर्नुपर्दैन मात्र वातावरण मात्र बनाए पुग्छ । सेवा दिने निकायहरुमा स्वास्थ्य प्रोटोकलहरुलाई पूर्ण रुपमा पालना गर्नुपर्छ । यस्ता विषयलाई बेला बेलामा सम्बन्धित निकायबाट अनुगमन हुन आवश्यक छ । अर्को भनेको सरकारी कर्मचारीहरुलाई पर्यटन काज विदाको निर्णयलाई तत्कालै कार्यान्वनमा ल्याउन आवश्यक छ । सो कार्यविधि तत्कालै कार्यन्वयनमा ल्याउन सके आन्तरिक पर्यटन बुम हुनलाई कुनै समय लाग्दैन ।

अर्को भनेको भारत र चीन नै हो । तर,चीनले आफ्नो मुलुकभन्दा बाहिर जान नदिएकोले भारत, बंगलादेश, श्रीलंकालगायत इजरायल,टर्की र युरोपका मुलुकलाई प्राथमिकता दिनुपर्छ । खोपको मात्रा पूरा गरेकालाई क्वारेन्टाइनको व्यवस्था गरेको छैन, ती मुलुकलाई जोड दिएर प्रचारमा लाग्न आवश्यक देखिन्छ ।

यसकारण मैले पर्यटन छोडिन

पर्यटन क्षेत्रमा निरन्तर लाग्नु र यो क्षेत्रको धेरै वकालत गर्नुको मुख्य कारण भनेको जब मान्छेहरु घुम्न निस्कए, त्यो बेला जुन अवस्थामा थियो, त्यो भन्दा राम्रो भएर फर्किन्छ । पर्यटनले मान्छेहरुलाई राम्रो बनाउनमा सहयोग गर्छ । जति धेरै घुम्यो, त्यतिनै धेरै कुराहरु बुझ्ने र जान्ने हुँदा हाम्रो बुझाईको दायरा पनि बढेको हुन्छ । पर्यटन बढ्नु भनेको संसारलाई राम्रो बनाउनु पनि हो । त्यसैले म अभियन्ताकै रुपमा लागिरहेको छ ।

पर्यटन क्षेत्रमा आबद्धहरुको संस्था वल्ड टुरिजम नेटवर्क स्थापना गरेर पर्यटन क्षेत्रमै काम गर्दै आएका छन् । यसमा दुई जना अमेरिकन, सिंगापुरीयन, अफ्रिकन, इजरायल, सेसल्स र युयोर्कका गरी १० जनाको टिम रहेको छ । हालसम्म यो संस्थाको १२८ वटा देशमा यसको नेटवर्क भइसकेको छ । 

  वर्ल्ड टुरिजम नेटवर्कको स्थापना

पर्यटन क्षेत्रमा आबद्धहरुको संस्था वर्ल्डटुरिजम नेटवर्क स्थापना गरेर पर्यटन क्षेत्रमै काम गर्दै आएका छन् । यसमा दुई जना अमेरिकन, सिंगापुरीयन, अफ्रिकन, इजरायल, सेसल्स र युयोर्कका गरी १० जनाको टिम रहेको छ । हालसम्म यो संस्थाको १२८ वटा देशमा यसको नेटवर्क भइसकेको छ । 

अहिले पर्यटन क्षेत्रमा आवश्यक पर्ने ट्राभल,टुर, ट्रेकिङ,होटल, स्पा, क्लब, गाइडलाई एकसाथ व्यवस्थापन गर्ने खालको प्रविधिको विकास गर्न लागिरहेका छन् । केहि साथीहरुको सहयोगमा यो प्रविधिको विकास गरेर नेपालको पर्यटनलाई डिजिटल मैत्री बनाउने अभियानमा लागेको उनको भनाई ।

अर्को भनेको संस्कृतीको संरक्षणमा पनि सहयोग होस र नेपालमा आउने विदेशी पर्यटकहरुले पनि नयाँ नयाँ टेष्ट होस भन्ने उद्देश्यका साथ नौलो अनुभवहरु लिने गन्तव्यको विकास गर्ने र अरुले बनाएको भए पनि त्यसको बजारीकरणमा सहयोग गर्ने खालको प्लाटफर्म बनाएका छौं । यस्तै खालका प्लेटफर्म निर्माण गर्न लागेको छ ।

सोमबार ११ असोज २०७८ ०४:३२ PM मा प्रकाशित

प्रतिक्रिया