मङ्गलबार, असोज १२ २०७८ ०३:३२ PM

×

यी हुन उद्योग परिसंघका सात उपाध्यक्ष

images

काठमाडौं । नेपाल उद्योग परिसंघको सात जना उपाध्यक्षमा युवाको हावी देखिएको छ । मंगलबार चयन भएका उपाध्यक्षहरु अधिकाशं युवा व्यवसायी÷उद्यमीहरु रहेका छन् ।

परिसंघको १८ औं वार्षिक साधारण सभाबाट छनौट भएका ३७ जना राष्ट्रिय परिषद सदस्यमध्येबाट सात उपाध्यक्ष चयन गरिएको हो ।

नवनियुक्त उपाध्यक्षहरुमा  चौधरी समूहका प्रवन्ध निर्देशक निर्वाण चौधरी, आइएमई समूहका कार्यकारी निर्देशक हेमराज ढकाल, जावालाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रवन्ध निर्देशक राजबहादुर शाह, आरएमसी ग्रुपका प्रबन्ध निर्देशक राजेश अग्रवाल, चितवनका उद्योगी कृष्णप्रसाद अधिकारी, नेपाल आदर्श निर्माण कम्पनीका संचालक वीरेन्द्रबहादुर पाण्डे र रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता रहेका छन् ।

यस अघिनै परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन भइसकेका छन ।

मङ्गलबार १२ साउन २०७८ ०७:३७ PM मा प्रकाशित

प्रतिक्रिया