मङ्गलबार, असोज १२ २०७८ ०३:४३ PM

×

२४ घण्टामा ३,८९९ संक्रमित थपिए, २० जनाको मृत्यु

images

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।

सोही अवधीमा ३ हजार ८ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार ५ सय १८ जनामा कोरोना परीक्षण गरिएको थियो ।

२४ घण्टामा १ हजार ७ सय ७८ संक्रमित निको भएका छन् । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ७ सय ५८ पुगेको छ भने संक्रमित हुनेको संख्या ६ लाख ८५ हजार ६ सय ७३ पुगेको छ ।  हाल सक्रिय संक्रमितको संख्या २८ हजार ८ सय ३६ हरेको छ ।

मङ्गलबार १२ साउन २०७८ ०४:५७ PM मा प्रकाशित

प्रतिक्रिया