मङ्गलबार, असोज १२ २०७८ ०४:४७ PM

×

योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त

images

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा.विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रीपरिषदको बैंठकले योजना आयोगको उपाध्यक्षमा डा. पौडेललाई नियुक्त गरेको हो ।

शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि प्रा.डा. पुष्पराज कँडेलले राजीनामा गरेका थिए । उनले राजीनामा गरेपछि आयोगमा उपाध्यक्ष पद रित्त थियो । 

चीनबाट इन्जिनियरिङ गरेका डा. पौडेलले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। पौडेलले काठमाडौं विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा अध्यापन गर्दै आएका छन्।

सरकारले आयोगका सदस्यहरुमा डा. रामकुमार फुयाल र डा. दिलबहादुर गुरुङलाई नियुक्त गरेको छ। गुरुङ यसअघि पनि सदस्य थिए। उ

 
 

मङ्गलबार १२ साउन २०७८ ०५:३९ PM मा प्रकाशित

प्रतिक्रिया