बुधबार, कात्तिक ३ २०७८ १०:२७ AM

×

नलिना चित्रकारको नयाँ गीत ‘असन बजारमा’ सार्वजनिक (भिडियो)

images

काठमाडौं । गायिका नलिना चित्रकारको ‘असन बजारमा’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । डान्सिङ नम्बरको उक्त गीतको मेल भ्वाइसमा चित्रकारलाई बेद बस्नेतले साथ दिएका छन् । डीपी खनालको शब्द रहेको यस गीतमा संगीत राजनराज शिवाकोटीको सुन्न सकिन्छ ।

गीतको भिडियो अमेरिका र नेपालमा छायांकन गरिएको छ । भिडियोका निर्देशक सुब्रतराज आचार्यले भर्चुअल माध्यमबाट अमेरिकाको छायांकनकोसमेत निर्देशन गरेका छन् ।

गीतको भिडियोमा अशिष्मा नकर्मी, उषा उप्रेती, नारायन प्रधान र कमल साउदलाई फिचर्ड गरिएको छ । भिडियोमा प्रमोद भण्डारी र आइसा ओझाले नृत्य निर्देशन गरेका छन् भने रबमेश्वर कार्की र उत्सव दाहालले खिचेको भिडयोलाई विकाश दाहालले सम्पादन गरेका छन् ।

आइतबार​ १० असोज २०७८ ०४:३३ PM मा प्रकाशित

प्रतिक्रिया