बुधबार, कात्तिक ३ २०७८ १०:२० AM

×

दाङको लमहीमा मेगा बैंकको नयाँ शाखा

images

काठमाडौं । मेगा बैंक नेपालले दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ । लुम्बिनी प्रदेशअन्तर्गत दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर–५ मा बैंकले आइतबारबाट नयाँ शाखा विस्तार गरेको हो । योसँगै बैंकको शाखा संख्या २ सय पुगेको छ ।

यसै आर्थिक वर्षमा बैंकले १३ वटा नयाँ शाखाहरु विस्तार गरिसकेको जनाएको छ । निकट भविष्यमै थप तीन शाखा विस्तार गर्ने मेगा बैंकले जनाएको छ ।

आइतबार​ १० असोज २०७८ ०५:४३ PM मा प्रकाशित

प्रतिक्रिया