बिहीबार, मंसिर १६ २०७८ १०:३७ PM

×

२४ घण्टामा थपिए ३०८ कोरोना संक्रमित, ३ जनाको मृत्यु

images

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ सय ८ जना कोभिड संक्रमित थपिएका छन् । ८ हजार ९ सय ९ वटा नमुनाको परीक्षण गर्दा ३ सय ८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय १६ पुगेको छ ।

 बिहीबार २ सय ९८ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार ९ मंसिर २०७८ ०४:५३ PM मा प्रकाशित

प्रतिक्रिया