×

सडक विभागका महानिर्देशकसहित १५ प्रतिशत कर्मचारीमा कोरोना संक्रमण, नियमित काम प्रभावित 

images

काठमाडौं । सडक विभागका करिब १५ प्रतिशत कर्मचारीलाई कोरोना संक्रमण भएको छ । विभागका महानिर्देशक, प्रवक्ता तथा अन्य कर्मचारीसहित करिब १५ प्रतिशतलाई कोरोना संक्रमण भएको विभागले जनाएको हो ।  

विभागका सूचना अधिकारी इन्जिनियर गुरुप्रसाद अधिकारका अनुसार एकै पटक माथिल्लो तहका कर्मचारीमा संक्रमण हुँदा सचिवस्तरमा जाने फाइलहरू विभागमै रोकिएका छन् । विभागका महानिर्देशक शिवहरी सापकोटा र प्रवक्ता शिवप्रसाद नेपाललाई कोरोना संक्रमण भएको छ । 
यद्यपि दीर्घकालीन रुपमा असर गर्ने फाइलहरू नरोकिएको सूचना अधिकारीले बताए । 

कोरोनाको तेस्रो लहर बढेसँगै सेवाग्राहीको उपस्थिति पनि घटेको विभागले जनाएको छ । ‘मलाई थाहा भएका १२/१३ जना इन्जिनियर, सबइन्जिनियर, महाशाखालगायतका कर्मचारीलाई कोरोना संक्रमण भएको छ ।’ विभागका प्रवक्ता नेपाल भन्छन्, ‘पहिलो र दोस्रो लहरमा भन्दा अहिले धेरै कर्मचारीलाई संक्रमण भएको छ । नियमित कामसमेत प्रभावित भएको छ ।’ 
 

मङ्गलबार ११ माघ २०७८ ०४:२१ PM मा प्रकाशित

प्रतिक्रिया