×

फागुन मसान्तसम्म अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने

images

काठमाडौं । नेपाल सरकारले यही फागुन मसान्तसम्म अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको छ । 

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सम्पुर्ण सरकारी, संस्थान, संघ प्रदेश र स्थानीय तहका सवारी साधनहरुमा आगामी २०७९ फाल्गुण मसान्त सम्म अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जोडीिक्नु पर्ने निर्णय गरेको सडक व्यवस्था विभागले एक सूचना जारी गर्दै जानकारी दिएको छ । 

उच्च सुरक्षा तथा प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट जडानबाट सवारी साधनको चोरी निकासी, राजस्व छली र अपराधिकरण नियन्त्रण हुने मन्त्रालयको दाबी छ ।  

यातायात व्यवस्था विभागको वेभसाइटमा गएर इम्बोस्ड नम्बर प्लेटका लागि निवेदन दिन सकिने व्यवस्था छ । साथै नजिकको यातायात व्यवस्था कार्यालयमा गई राजश्च विवरण तिरी इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिन्छ । 

काठमाडौं उपत्यकाको हकमा यातायात व्यवस्था कार्यालयमा गई राजस्व बुझाएपछि यातायात व्यवस्था विभाग मीनभवनमा गई नम्बर प्लेट जडान गर्न सकिने पनि मन्त्रालयले बताएको छ ।

बिहीबार ८ मंसिर २०७९ ०५:५५ PM मा प्रकाशित

प्रतिक्रिया