काठमाडौं । दसैंमा साओमी नेपालको टिभी किन्दा ३० हजारसम्म छुट पाइने भएको छ । टिभीका मोडलअनुसार ४ हजारदेखि ३० हजार रुपैयाँसम्म दसैं अफरअन्तर्गत छुट दिएको साओमीले जनाएको छ ।
दसैं अफरका बारेमा साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘देशमा साओमी टेलिभिजनको लन्च भएदेखि नै हामीले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएका छौं । हाम्रा उपकरणहरुमध्ये प्रिमिएम मूल्य क्षेत्रमा डि–याक्टो विकल्पका रूपमा परिणत भएका छन् ।
दसैंलाई लक्षित गर्दै साओमीले ग्राहकहरुलाई चाडबाडको बेलामा नयाँ टेलिभिजन किन्न र साओमीका टेलिभिजनहरुमा आफ्ना आफन्तसँग बसेर कार्यक्रमहरु हेर्नका लागि यो विशेष छुटको अफर ल्याइएको हो ।’
साओमीले दिएको छुटअनुसार मी एलईडी टिभी ४ एप्रो ३२ मोडलको टिभीको एमआरपी अर्थात् साबिक मूल्य ४९ हजार रहेकोमा दसैं अफरअन्तर्गत ४ हजार मूल्य घटेर ३५ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै मी एलईडी टिभी ४ ए ४० मोडलको ४५ हजारको टिभी अहिले ४० हजारमा बिक्री भएको साओमीले जनाएको छ ।
सामान्य बजार मूल्य ५० हजार रहेको मी एलईडी टिभी४ ए४३ होराइजन मोडल दसैंमा ४७ हजारमा बिक्री भइरहेको छ । ६५ हजारको मी एलईडी टिभी४एक्स ४३ मोडल दसैंमा ५५ हजारमा साओमीले बिक्री गर्ने जनाएको छ ।
त्यस्तै मी एलईडी टिभी४एक्स ५५ मोडललाई ९० हजारबाट छुट दिएर ८० हजार रुपैयाँ कायम गरिएको छ भने सबैधन्दा धेरै छुट मी एलईडी टिभी४एक्स ६५ मोडलको १ लाख ४० हजार मूल्य पर्ने टिभीमा ३० हजार छुट दिएर १ लाख १० हजार रुपैयाँ कायम गरेको हाओमीले जनाएको छ ।
साथै साओमी नेपालले ‘महापर्वको उमंग’को ट्यागलाइनअन्तर्गत ‘दसैंविथ मी’ नामको दसैं अभियान पनि चलाइरहेको छ । सो अफरमा मी टिभीको खरिदमा, एक भाग्यशाली ग्राहकले दैनिक मी वाच लाइट प्राप्त गर्नेछन् र मी फोन वा पोको फोनको खरिदमा दुई भाग्यशाली ग्राहकहरुले दैनिक मी ब्लूटूथ स्पीकर पाउनेछन् । उक्त अभियान भदौ १६ मा सुरु भएर असोज २९ गतेसम्म लागू हुने साओमीले जनाएको छ ।
ग्राहकले सो अभियानको दौरानमा अन्य पुरस्कारहरुसमेत जित्न सक्नेछन् । साओमी र पोको मोबाइल खरिद गर्दा मी टिभी ६५ इन्चको ४ जनाले बम्पर उपहारमा प्राप्त गर्ने छन् भने ४ जनाले नै मी टिभीको खरिदमा मी ११ स्मार्टफोन प्राप्त गर्ने छन् ।