काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– ७ स्थित तोरीबारीमा ९५ औं शाखारहित बैंकिङ सेवा सुरू गरेको छ ।
साे बैंक इन्टरनेसनलले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तारलाई निरन्तरता दिएको छ ।
उक्त स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी बाबुराम थापालाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।
शाखारहित बैंकिङबाट निक्षेप संकलन, कोष स्थानान्तरण, रकम भुक्तानी, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
प्रतिक्रिया