×

बाजुरामा भूकम्प : एक जनाको मृत्यु, २५ घर क्षति

images

काठमाडाैं। भूकम्पपछि बाजुरामा ढुंगाले लागेर मंगलबार एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौमुल गाउँपालिका–२ आगरकी ३५ वर्षीया जमुना रोकाया रहेकी छन्। 

घाँस काट्न गएकी रोकायाको भीरबाट खसेको ढुंगाले लागेर मृत्यु भएको स्थानीय प्रेमबहादुर रोकायाले जानकारी दिए। घाँस ल्याएर घर फर्किने क्रममा ढुंगाले टाउकोमा लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको हो। 

भूकम्पबाट २५ घरमा क्षति

बाजुराको स्वामीकार्तिक गाउँपालिकको मेला केन्द्र बिन्दु भइ आज दिउँसो २ बजेर ४३ मिनेटमा गएको पाँच दशमलव नौ रेक्टरको भूकम्पबाट जिल्लाका विभिन्न ठाउँमा गरी २५ घरमा क्षति पुर्‍याएको छ। भूकम्पबाट एकजना घाइते भएका छन्। भूकम्पबाट गौमुल गाउँपालिका–१ अम्लिसका रामदल बोहरा घाइते भएका छन्। 

प्रहरी नायव उपरीक्षक सूर्य थापाका अनुसार भूम्कपबाट बडिमालिका नगरपालिका, हिमाली गाउँपालिका र गौमुल गाउँपालिकामा विभिन्न व्यक्तिका घरमा क्षति पुगेको छ। भूकम्पबाट बडिमालिका–२ भौनेरास्थित सत्यवादी माविको भवनसमेत भत्केको छ। भूकम्पपछि जिल्लाको टेलिफोन सेवा अवरूद्ध छ। भूकम्पबाट भएको क्षतिको थप विवरण आउन बाँकी रहेको डिएसपी थापाले बताए। 

मङ्गलबार १० माघ २०७९ ०९:११ PM मा प्रकाशित

प्रतिक्रिया