×

सामुदायिक लगानीमा बन्दै ‘गाउँ आएको बाटो’ चलचित्र

images

काठमाडौं । किराँत संस्कृतिलाई अन्तर्राष्ट्रियमाझ पुर्याउन सामुदायिक लगानीमा पहिलोपटक नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ बन्ने भएको छ ।  मेन्छ्यायेम पिक्चर्सको ब्यानरमा बन्न लागेको उक्त चलचित्रमा विभिन्न मुलुकमा रहेका गैर आवासीय नेपालीहरुको संयुक्त लगानी रहेको छ ।

किराँत कला, संस्कृति, संगीत र साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन फिल्मले महत्वपूर्ण भूमिका खेल्ने निर्माण टोलीको अपेक्षा छ ।  फिल्मलाई नेपाली सिने जगतका विख्यात निर्देशक नवीन सुब्बाले निर्देशन गर्नेछन् ।

नेपाली टेलिश्रृंखला दलन, नुमाफुङ, खाङ्ग्री तथा गुडबाई काठमाडौं जस्ता सफल आर्ट तथा फिचर फिल्म निर्माण गरिसकेका सुब्बाले लामो समयपछि ‘गाउँ आएको बाटो’ चलचित्र निर्देशन गर्न लागेका हुन् । 

फिल्ममा अभिनेता दयाहाङ राई, पशुपति राई, पार्सन राई, खानुमा राई, केशव राई, प्रमिसा राई मुख्य भूमिकामा छन् ।   फिल्मलाई हङकङका गैरआवासीय नेपाली अमोद राईले निर्माण गरेका हुन् । 

फिल्मलाई अमेरिकी सिनेमेटोग्राफर मार्किन क्याप्रोनले छायांकन गर्नेछन् । भोजपुरको विकट गाउँमा छायांकन हुने उक्त फिल्मले स्थानीय किराँत संस्कृतिलाई विश्वमाझ पुर्याउने लक्ष्य लिएको छ । 


 

मङ्गलबार ७ मंसिर २०७८ ०९:०२ PM मा प्रकाशित

प्रतिक्रिया