×

इभी किन्न कुन बैंकले कति ब्याजमा दिन्छन् कर्जा ?

images

काठमाडौ। विद्युतिय सवारी (इभी) खरिद गर्न तीन बैंकले कर्जा दिइरहेका छन्। दुई वाणिज्य बैंक नबिल र हिमालयन तथा एक विकास बैंक कामना सेवाले इभी खरिद गर्न कर्जा प्रवाह गरिरहेका हुन्। तीनवटै वित्तीय संस्थाले सस्तो, सुलभ दरमा कर्जा दिइरहेको जनाएका छन्। 

नबिलको १२.९९ प्रतिशत ब्याजदर

नबिल बैंकले इभी खरिद गर्न १२.९९ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गरिरहेको छ। उसले इभी किन्न आठ वर्ष अवधिको कर्जा उपलब्ध गराइरहेको छ।  नबिलले इभी कर्जा प्रवाह गर्दा ८० प्रतिशतसम्म फाइनान्सिङको व्यवस्था रहेको जनाएको छ। 

हिमालयनको १३.६३ प्रतिशत ब्याजदर 

हिमालयन बैंकले १३.६३ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइरहेको जनाएको छ। बैंकले इभी खरिद गर्न आठ वर्ष अवधिको कर्जा प्रवाह गरिरहेको छ भने ८० प्रतिशत फाइनान्सिङ पनि उपलब्ध गराइरहेको छ। 

कामना सेवाको साढे १५ प्रतिशत ब्याजदर 

कामना सेवा विकास बैंकले इभी कर्जा सहज प्रदान गर्न साढे १५ प्रतिशत ब्याजदर तोकेको छ। बैंकले आठ वर्ष अवधिको इभी कर्जामा ८० प्रतिशत फाइनान्सिङ सुविधा दिएको छ। 

शुक्रबार​ ७ असोज २०७९ ०५:३८ PM मा प्रकाशित

प्रतिक्रिया