×

५०० तिर्थालु बोकेर दिल्लीबाट जनकपुर आइपुग्याे 'धार्मिक रेल'

images

काठमाडाैं । रामायण सर्किटअन्तर्गत भारतकाे दिल्लीबाट 'धार्मिक रेल' जनकपुर आइपुगेको छ।  

१४ कोच र ५०० धार्मिक पर्यटक बोकेको रेल बिहीबार जनकपुर आइपुगेको हो । 

मंगलबार साँझ दिल्लीस्थित रेल्वे स्टेसनमा भारतका रेलमन्त्री एवं पर्यटन मन्त्रीले संयुक्त रुपले हरियो झण्डा देखाएर रामायणसँग जोडिएको क्षेत्रको यात्रा गराउनका लागि रेल्वे उद्घाटन गरेका थिए । 

नेपाल-भारतमा रामायण सर्किट कभर गर्ने पहिलो पर्यटक ट्रेन भएकाे बताइएकाे छ। 

सो रेल जनकपुरधाम आइपुग्दा तीर्थयात्रुलाई मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन तथा वन मन्त्री सत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, जानकी मन्दिरका पुजारी रामरोशन दास वैष्णवलगायतले स्वागत गरेका थिए । 

पर्यटकहरूले जानकी मन्दिरको दर्शन गर्नुका साथै मन्दिर परिसरमा सांस्कृतिक कार्यक्रम हेरी गंगा आरतीमा सहभागी हुने बताइएकाे छ । त्यसपछि साेही ट्रेनबाट उनीहरू रामायण सर्किट रुटमा बाँकी यात्राका लागि सडक मार्गबाट सीतामढी जानेछन् ।

 

बिहीबार ९ असार २०७९ ०३:२२ PM मा प्रकाशित

प्रतिक्रिया