×

नेपाल टेलिकमले घटायो इन्टरनेट र इन्ट्रानेटको लिज लाइन शुल्क

images

काठमाडाैं । नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यही असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो ।  इन्टरनेटको लिज लाइनअन्तर्गत एकदेखि २० एमबिपीएस ब्यान्डविथको महसुल दर अब १ हजार ६ सय रूपैयाँ मात्र कायम गरिएको छ । यसअघि २ हजार  रूपैयाँ शुल्क रहेकामा टेलिकमले ४ सय रूपैयाँ घटाएको हो ।

यस्तै २१ देखि ५० एमबिपीएसको महसुल दर  २ हजार ३ सय रूपैयाँ रहेकामा १ हजार ६ सय रूपैयाँ बनाइएको छ । ५१ देखि १०० एमबीपीएसको २ हजार १०० र १०० एमबीपीएस ब्यान्डविथभन्दा बढी क्षमताको महसुल १  हजार ९ सय रूपैयाँ रहेकामा दुवैको महसुल दर घटाएर १ हजार ५ सय रूपैयाँ कायम गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।

उनका अनुसार इन्ट्रानेट लिज लाइनअन्तर्गत एकदेखि १० एमबिपीएस व्यान्डविथको महसुल २ हजार ७ सय रूपैयाँ रहेकामा २ हजार ४ सय रूपैयाँ बनाइएको छ । यसैगरी ११ देखि १०० एमबीपीएसको २ हजार ४ सय रूपैयाँ रहेकामा २ हजार १००, १०० एमबीपीएसभन्दा बढीको २ हजार १०० रहेकामा १ हजार ८ सय रूपैयाँ कायम गरिएको छ ।

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । उक्त सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैं बराबर रहननाका साथै २४सै घण्टा निरन्तर डेडिकेटेडरूपमा उपलब्ध भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए।

बिहीबार ९ असार २०७९ ०४:३७ PM मा प्रकाशित

प्रतिक्रिया