काठमाडाैं । नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वरिष्ठ क्याप्टेन दीपु ज्वारचन नियुक्त भएका छन् ।
कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि रिक्त रहेको निगमको कार्यकारी प्रमुखको जिम्मेवारी ज्वारचनलाई दिइएकाे हाे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आलेको मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकको कामकाज गर्ने गरी नियुक्ति दिइएको हो ।
प्रशिक्षक पाइलटको जिम्मेवारीमा रहेका ज्वारचन करिब १३ वर्ष निगमको व्यवस्थापकीय जिम्मेवारीमा समेत छन् ।
कोभिड महामारीको बेला उनले निगममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
प्रतिक्रिया