बुधबार, कात्तिक ३ २०७८ ०८:५९ AM

×

दुई महिना ढिला धानको समर्थन मूल्य तोकियो

images

काठमाडौं । चालू आर्थिक वर्षका लागि धानको समर्थन मूल्य तोकिएको छ। मोटा धान प्रतिक्विन्टल २ हजार ७ सय ५२ र मध्यम धान २ हजार ९ सय २ रुपैयाँ तोकिएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए।

उनका अनुसार गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा यस वर्ष प्रतिक्विन्टल १७ रुपैयाँले बढाइएको छ। सरकारले गत आर्थिक वर्ष मोटा धान प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धान २ हजार ८ सय ८५ रुपैयाँले तोकेको थियो।

गत वर्ष असारे धान लगाउनु पूर्व नै सरकारले धानको समर्थन मूल्य तोकेको थियो। यस वर्ष भने दुई महिना ढिला भएको छ।

बुधबार ६ असोज २०७८ ०५:५१ PM मा प्रकाशित

प्रतिक्रिया