बिहीबार, मंसिर १६ २०७८ १०:०७ PM

×

आइतबार सुनचाँदीको मूल्य घट्यो, ९३ हजार ७ सय रुपैयाँ कायम

images

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ७ सय र चाँदी १५ रुपैयाँले घटेको हो ।  

आज स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाला सुन ९४ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

महासंघका अनुसार, आइतबार तेजावी सुनको मूल्य ९३ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेर १२ सय ६० रुपैयाँ निर्धाण भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ कायम रहेको थियो ।

 

आइतबार​ ५ मंसिर २०७८ ०१:१२ PM मा प्रकाशित

प्रतिक्रिया