बुधबार, साउन १३ २०७८ ०९:५१ AM

×

२४ घण्टामा २,८३८ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

images

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय ३८ जना कोभिड संक्रमित थपिएका छन् ।  १२ हजार ६ सय १६ ओटा नमुनाको परीक्षण गर्दा २ हजार ८ सय ३८  जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६ सय ३७ पुगेकोे छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार ६ साउन २०७८ ०४:५८ PM मा प्रकाशित

प्रतिक्रिया