बुधबार, साउन १३ २०७८ १०:४८ AM

×

आईफोन प्रयोगकर्ताका लागि ह्वाट्सएपमा आयो जोइनेबल कलफिचर

images

काठमाडौं । ह्वाट्सएपले सोमबार आफ्नो ग्रुप च्याट फिचरमा जोइनेबल कलनामको नयाँफिचर थप गरेको छ । यससँगै अब जुनसुकै अडियो भिडियो ग्रुपकलमा छुटेको व्यक्तिले बीचमा आएर जोडिन सक्ने छन् ।  नयाँ अपडेटमा सदस्यले ग्रुपकल चलिरहेको अवस्थामा कल ड्रप गर्न तथा पुनः जोडिनसमेत सक्ने छन् ।

यसअघिसम्म ह्वाट्सएपमा जारी भ्वाइस वा भिडियो कलमाबीचमा कुनै पनि व्यक्ति जोडिन सक्ने फिचर थिएन । यद्यपि कलमा बसिरहेको सक्रिय सहभागीले भने भ्वाइस वा भिडियो कलप्लेटफर्ममा अन्य व्यक्तिलाई जोड्न सक्ने सुविधा थियो ।

यस किसिमको फिचर मेसेन्जरमा भने लामो समयदेखि उपलब्ध छ । 

कसरी जोडिने त छुटेका ह्वाट्सएप कलमा

जारी कलमा जोडिनका लागि ह्वाट्सएपको कललगमा तपाईंले ट्याप टु जोइन अप्सन देख्नुहुन्छ । सोही अप्सनमा क्लिक गरी जोइन गर्न सक्नुहुन्छ । 


साथै ह्वाट्सएपले नयाँ कलइन्फो स्क्रिन पनि निर्माण गरेको छ जसबाट प्रयोगकर्ताले कलमा बोलाइएका तर नजोडिएका अन्य सदस्यहरुलाई देख्न सक्छन् । साथै सोही स्क्रिनमार्फत कलमा सक्रिय सदस्यहरुको सूची पनि देख्न सकिन्छ । 

क्लइन्फो स्क्रिनमै इग्नोर बटन पनि रहेको छ जसलाई थिचेर तपाईंले कललाई इग्नोरसमेत गर्न सक्नुहुन्छ । हाल यो फिचर आईओएस प्लेटफर्ममा पूर्णरूपमा उपलब्ध छ भने एन्ड्रोइडका लागि बेटा भर्सनमा मात्र उपलब्ध छ । 
 

मङ्गलबार ५ साउन २०७८ ०९:४६ AM मा प्रकाशित

प्रतिक्रिया