बुधबार, साउन १३ २०७८ १०:०४ AM

×

स्काईवर्थले ल्यायो १० वर्षको वारेन्टीसहित ‘सेभेन स्टार प्रो वास टेक्नोलोजी’ 

images

काठमाडौं । स्काईवर्थले नेपालमा ‘सेभेन स्टार प्रो वास टेक्नोलोजी’ सार्वजनिक गरेकोे छ । 

स्मार्ट अपलायन्सेस् प्रालि केएलदुगड गु्रप अन्तर्गतको कम्पनी तथा इन्टेलिजेन्सको युगमा हेल्दी वाइट घरेलु सामानको अग्रणी ब्रान्ड, स्काईवर्थले इन्भर्टर डाइरेक्ट ड्राइभ मोटरको साथ ‘सेभेन स्टार प्रो वाश टेक्नोलोजी’ सार्वजनिक गरेको हो । 

सो टेक्नोलाजिले एक प्रिमियम एस्थेटिक्स प्रदान गर्ने र उत्कृष्ट वास पर्फमेन्स प्रदर्शन प्राप्त गर्नका लागि वास कार्यक्रमअनुसार ७ विभिन्न गतिहरू कार्यान्वयन गर्ने कम्पनीले जनाएको छ । 

साथै १० वर्षको वारेन्टी भएकाले लामो समय टिकाउ हुने र एड्भान्सड इन्भर्टर डाइरेक्ट ड्राइभ मोटरसँग रहेकाले गुणस्तरीय रहेको कम्पनीको भनाइ छ । 

स्मार्ट एप्लिकेसन नेसनल सेल्सका प्रमुख भास्कर मुननकर्मीले भने, ‘विभिन्न सुविधाहरूले ग्राहकलाई १० वर्षका लागि पिस अफ माइन्ड प्रदान गर्छन् ।’ सो टेक्नोलोजीले सजिलैसँग कपडालाई ड्रमभित्र जानका लागि मद्दत गरी लुगा धुने कार्यलाई सहज बनाउने बताइएको छ । 

सो मेसिनले विभिन्न गति प्रयोग गर्ने र सो गतिको प्रभाव कपडाको प्रत्येक कुनामा पुग्ने भएकाले सबै फोहोर हटाउने कम्पनीले दाबी गरेको छ ।  इन्भर्टर डायरेक्ट ड्राइभ मोटर सिधै ड्रममा जोडिएकाले कम आवाज, राम्रो स्थिरता, उच्च स्थायित्व र ऊर्जा बचत प्रदान गर्ने बताइएको छ ।  

सोमबार ४ साउन २०७८ ०७:२२ PM मा प्रकाशित

प्रतिक्रिया