बिहीबार, मंसिर १६ २०७८ १०:२३ PM

×

टाटा मोटर्सको शुक्रबारदेखि एक्सचेन्ज क्याम्प सुरू हुने, गाडी एक्चेन्सको सुविधा  

images

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प कार्यक्रम आयोजना गर्न लागेको छ ।

उक्त कार्यक्रम यहि मंसिर ०३ देखि ०७ गतेसम्म (१९ नोभेम्वर देखि २३ नोभेम्वर, २०२१) सम्म नेपालभरि रहेका टाटा मोटर्सको सोरुमहरुमा आयोजना गर्न लागेको हो ।

ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, नेक्सन इभी, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । 

साथै उक्त एक्सचेन्ज क्याम्प कार्यक्रममा जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मुल्याङकन प्राप्त गर्न सक्नेछन् । यससँगै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसका साथै फाईनान्सको सुविधा, गाडीको एक्सेसरिज, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कन र टेष्ट ड्राईभमा आकर्षक गिफ्ट ह्याम्पर लगायतका विशेष आर्कषणहरु रहेका छन ।

यस विशेष कार्यक्रमको अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरुममा गइ नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउनुहुन कंम्पनीले अनुरोध गरेको छ । 

विस्तृत जानकारीका लागि नजिकको टाटा मोटर्सको शोरुममा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ । सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ र ९८०१५७५७७७ मा कल गर्न सक्नुहुनेछ ।
 

बिहीबार २ मंसिर २०७८ ०६:१५ PM मा प्रकाशित

प्रतिक्रिया