बुधबार, साउन १३ २०७८ ११:२० AM

×

टाटाको नेक्जन एसयूभी ईभी साउन १२ गते सार्वजनिक हुने, ब्याट्रीमा ८ वर्षको वारेन्टी 

images

काठमाडौं । टाटा गाडीको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले बहुप्रतिक्षित विद्युतीय एसयूभी टाटा नेक्जन सार्वजनिकको घोषणा गरेको छ । कम्पनीले साउन १२ गते अर्थात २७ जुलाईमा ईभी गाडी सार्वजनिक गर्नेछ । 

नेक्जन एसयूभीमा आकर्षक डिजाइन, ताजा पर्फमेन्स, लामो दूरी तथा फास्ट चार्जिङ क्षमता रहेको छ । यस्तै यस एसयूभीमा किफायती ब्याट्री, क्लास लिडिङ सुरक्षा फिचर तथा होम चार्जरबाट प्रभावकारी रुपमा चार्ज हुने क्षमता छ । 

नेक्जन पहिलोपटक २०२० को जनवरीमा भारतमा सार्वजनिक भएको थियो । त्यसयता सर्वाधिक बिक्री भएको यस एसयूभीको हाल भारतमा बजार हिस्सा ६५ प्रतिशत छ । 

नेक्जन एसयूभीको आगमनसँगै सिप्रदी ट्रेडिङले ईभीका लागि व्यवस्थित पर्यावरण तयार पार्ने बताएको छ । यसका लागि कम्पनीले आकर्षक सर्भिस प्याकेज, ब्याट्रीमा हाई क्लास वारेन्टी, रणनीतिक भूभागमा डीसी फास्ट चार्जिङ पूर्वाधार तयार गर्ने बताएको छ । 

नेपालमा नेक्जन एसयूभी तीन भेरियन्टमा उपलब्ध हुनेछ । १ लाख ६० किलोमिटर र ८ वर्षको ब्याट्री वारेन्टी यसमा पाइने सिप्रदीले बताएको छ । 
कम्पनीले गाडी सार्वजनिक गरेको दिन नै केही ग्राहकलाई डेलिभरी सेवा दिने पनि बताएको छ । ग्राहकले १६६००१५५७७७ मा कल गरी डेलिभरीको प्राथमिकता सूचीमा आफ्नो नाम टिपाउन सक्ने छन् । 
  
 

आइतबार​ ३ साउन २०७८ ०६:१० PM मा प्रकाशित

प्रतिक्रिया