काठमाडौं । आजदेखि दराजको महाबचत बजार अभियान सुरु भएको छ। आइतबारदेखि सुरु भएको सो अभियान ९ गतेसम्म चल्नेछ। यस अभियानको मुख्य उद्देश्य ग्राहकहरुका लागि बचत प्रबर्धन गर्नु रहेको कम्पनीको भनाइ छ।
अभियानको मुख्य हाइलाइटहरू ४ हजार सम्मको छुट, बैंक कार्ड वा आईएमई पे मार्फत अनलाइन प्री-पेमेन्टमा २ हजार रुपैयाँसम्मको छुट छ। साथै १ रुपैयाँमा आईफोन १२ जित्ने मौका, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका , निस्शुल्क डेलिभरी , निःशुल्क भाउचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ।
साे अभियानका लागि, नाबिल बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक र एनएमबी बैंकका कार्डधारकहरूले प्री-पेमेन्टमा आकर्षक छुट लिन सक्ने बताइएको छ। यी बैंकका डेबिट कार्ड धारकहरूले १५ प्रतिशत (१,५०० सम्म)को छुट पाउनेछन्। क्रेडिट कार्ड धारकहरूले कार्ड प्री-पेमेन्टमा २० प्रतिशत (२००० सम्म) छुट पाउनेछन्।
यसैगरी, ग्राहकहरु आफ्नो आईएमई पे खाता मार्फत प्री-पेमेन्ट गरेर मूल्य कम गर्न पनि सक्दछन्।आईएमई पे मार्फत भुक्तानी गरे ग्राहकहरूले आफ्नो सबै खरीदहरूमा २० प्रतिशत (१,००० सम्म) छुट पाउन सक्नेछन्।
यसबाहेक, पहिलो पटक भिसा कार्डमार्फत भुक्तानी गर्ने दराज ग्राहकहरूले २० प्रतिशत सम्मको छुट पाउन सक्नेछन् । भिसा डेबिट कार्ड मार्फत प्री-पेमेन्टी गरेमा १५ प्रतिशत छुट र भिसा क्रेडिट कार्डमार्फत पूर्व-भुक्तानीमा २० प्रतिशत छुट पाउन सक्नेछन्।
खेल एक रुपैयाँमा भाग लिनेले १ लाख ३३ हजार मूल्यको आईफोन १२ र ५० हजारको बालाजी हिराको झुम्का जस्ता पुरस्कार जित्न सक्नेछन्। खेलमा भाग लिन ग्राहकहरुले बैंक कार्ड वा आफ्नो आईएमई पे खाता प्रयोग गरी १ रुपैयाँ भुक्तानी गर्न सक्छन्। जित नभएमा आफ्नो रकम फिर्ता हुने बताइएको छ।