×

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराको व्यावसायिक उडान, विदेशी पर्यटकहरुलाई तराई जान सहज

images

काठमाडौं । कुवेतको अग्रणी एयरलाइन जजीरा एयरवेजने मध्य पूर्व एसिया पुरोपमा पनि आफ्नो उडान सेवा विस्तार गरेको छ। जजीराले भैरहवास्थित नव निर्मित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको शुरुवात गरेको हो। यसबाट मध्यपुर पुरोप बसोबास गर्ने ठुलो समुदाय नेपालको दक्षिण पश्चिम क्षेत्रमा प्रत्यक्ष रूपमा जोडिन सक्नेछन् ।

यो नेपालमा जजीराकी दोबी उडान सेवा हो, जसले नेपालको तराई क्षेत्रमा बढ्दै गइरहेको यात्रुहरुको आवश्यकतालाई सम्बोधन गरेको छ। गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा गत जेठ १ गतेबाट उडान सेवा शुरु भएको थियो ।

नयाँ हवाइ रुटको बारेमा बोल्दै जजीरा एयरवेजका भाइस प्रेजिडेन्ट रविन्द्रन भाराधनले भने ‘जीरा एयरवेजले निरन्तर आफ्नो सञ्जाल विस्तार गर्दै नयाँ(नयाँ गन्तव्यहरु भर्दै गईरहेको छ । यसले गर्दा कुवेत र मध्य पूर्वको डाइरेक्ट रुट प्रत्यक्ष धावन मार्गले सेवा दिन नसकेका यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्नेछ । अब नेपाली एवम् विदेशी पर्यटकहरुलाई पनि विदेशबाट सिधै तराई जान धेरै सजिलो भएको छ। यो हवाइ सेवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रत्यक्ष उडान सेवा प्रदान गर्नेछ ।’

बारभार ग्रुप अफ कम्पनिजको भगीनी संस्था सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजका चेयरम्यान रवीचन्द्र सिंहले भने ‘७४ वर्षसम्म काठमाडौंमा मात्र भर परेको अन्तराष्ट्रिय उडान अब यो हवाई सेवाको विस्तारसँगै नेपालको पश्चिम भागमा ठुलो परिवर्तन ल्याउनेछ, साथै यसले भैरहवाको आन्तरिक पर्यटनमा पनि टेवा पुयाउनेछ । जसले समग्र नेपालकै आर्थिक विकासमा सरोकार राख्छ। यो हामी सम्पूर्ण नेपालीको लागि ऐतिहासिक र गौरवपूर्ण क्षण हो ।

बुधबार ४ जेठ २०७९ ०४:०२ PM मा प्रकाशित

प्रतिक्रिया