एमभि दुगडको महिन्द्रा कमर्शियल गाडी प्रशिक्षण कार्यक्रम सम्पन्न

एमभि दुगडको महिन्द्रा कमर्शियल गाडी म्याक्सीमो प्यासेन्जर भ्यानको ग्राहक भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

महिन्द्राकमर्शियल गाडीको नेपालकालागि आधिकारीक विक्रेता दुगड व्रदर्श एण्ड सन्स प्राली ले सोमबार बिरगञ्जको भिसुवाहोटलमा महिन्द्रा म्याक्सीमो प्यासेन्जर भ्यानको ग्राहक भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमबाट २०० भन्दा बढि ग्राहकहरु लाभान्वीत भएका छन् ।

कार्यक्रममा गाडिको सहि रखरखाब र संचालनबाट उच्च प्रतिफललिनगर्नुपर्ने कार्य तथा बिधिकाबारे प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा कलैया टेम्पो समिती र पखानीपुर टेम्पो समितीका अध्यक्षहरु र सदस्य, महिन्द्रा कम्पनीका कन्ट्री म्यानेजर तपश पटनायक , दुगड व्रदर्श एण्ड सन्सका हेड अफ अपरेशन शम्भु सुवेदी, विरगञ्ज शाखाका प्रमुख बेद प्रकाश शर्मा, काठमाडांैका सर्भिस हेड सुदिप सुवेदी लगायत अन्य कर्मचारीहरुको सहभागीता रहेको थियो ।