महासघङ्की अध्यक्ष राणाले भनिन्, करलाई सहज बनाऊ

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष राणाले चीन र भारतले कर प्रणालीलाई सहज बनाएकै कारण आर्थिक वृद्धिदरलाई तीव्रता दिएको उल्लेख गर्दै सोही अनुसारको व्यवस्था गर्न ढिलाइ गर्न नहुने बताइन् ।

नेपाल उद्योग वाणिज्य महासघङ्की अध्यक्ष भवानी राणाले करलाई सहज बनाउन सरकारसँग आग्रह गरेकी छिन् । देशको समृद्धिको मुख्य आधार कर भएको उल्लेख गर्दै उनले त्यसलाई सहज बनाउन सरकारसँग आग्रह गरेकी हुन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष राणाले चीन र भारतले कर प्रणालीलाई सहज बनाएकै कारण आर्थिक वृद्धिदरलाई तीव्रता दिएको उल्लेख गर्दै सोही अनुसारको व्यवस्था गर्न ढिलाइ गर्न नहुने बताइन् ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले व्यवसायीलाई मर्का नपर्ने गरी कर असुली गर्नुपर्ने बताएका छन् । सरकार र निजीक्षेत्रबीच समन्वय र छलफल गरी कर निर्धारण गर्न अध्यक्ष शर्माले सरकारलाई अनुरोध गरेका छन् ।

स्थानीय सरकार र प्रदेश सरकारले जथाभावी कर उठाएर उद्योगी व्यवसायीलाई समस्यामा पार्न खोजेको भन्दै शनिबार उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण समेत गराएका थिए ।