सिद्धार्थले १२ प्रतिशत नगद लाभांश दिने, भदौ ५ गतेदेखि बुक क्लोज

कम्पनीले १२ प्रतिशका दरले हुन आउने १२ करोड रुपैयाँ बराबरको नगद लाभांश दिने जनाएको छ ।

सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमले आफ्ना इकाइ धनीहरुलाई करसहित १२ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले १२ प्रतिशका दरले हुन आउने १२ करोड रुपैयाँ बराबरको नगद लाभांश दिने जनाएको छ ।

यो नगद लाभांश दिएपछि सिद्धार्थ इक्विटीको समायोजित इकाइ मूल्य १० दशमलव १४३ हुने छ । कम्पनीको सञ्चालक समितिले नगद लाभांश वितरणका लागि भदौ ५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ ।