विद्यार्थीलार्इ सेयर तालिम दिँदै धिताेपत्र बाेर्ड

बोर्डले विगतमा नियम बनाएर लागू गर्न नसक्दा अहिले कठिन परिस्थितिमा आइपुगेकाले अबका दिनमा सुधारका काम गरिने बताएको छ ।

सेयर बजारमा लगानी बढाउने उद्देश्यका साथ स्कुल र कलेजका विद्यार्थीलाई तालिम दिने भएको छ। धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी प्रशिक्षण कार्यक्रममा धितोपत्र बोर्डले सेयर बजारको चेतनाका लागि विद्यार्थीलार्इ तालिम दिने बताएको हो ।

बोर्डले िवगतमा नियम बनाएर लागू गर्न नसक्दा अहिले कठिन परिस्थितिमा आइपुगेकाले अबका दिनमा सुधारका काम गरिने बताएको छ । कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले बनाइएका नियम कानुनलाई कार्यान्वयन गर्नेतर्फ लागेपछि पुँजि बजारले फड्काे मार्ने बताए ।

उनले देशका कुना कुनामा सेयररमा लगानी गर्ने सोचमा लगानीकर्ता तयारी अवस्थामा रहेको बताए । एस्तै बोर्डले देशभर शाखा कार्यालय खोलेर जनचेता नभै प्रशिक्षण दिने बताएको छ । बोर्डले यसै वर्षको फागुनबाट पाक्षिक रेडियो कार्यक्रम गर्ने बताएको छ।

बोर्डले लगानीका लागि चेतना फैलाउन रेडियो कार्यक्रम सन्चालन गर्ने बताएको हो । कार्कीले लगानीकर्ताहरुलाई आफ्नो ठाउँमा बस्नु पर्ने बताए । उनले बोर्ड, नेप्से र लगानीकर्ता सबै आफ्नो ठाउँमा नबसे सेयर बजार खत्तम हुने बताए ।