×

बुधबारदेखि सिंहदरबारभित्र ग्यास सिलिन्डर लान प्रतिबन्ध

images

काठमाडौं । बुधबारदेखि सिंहदरबारभित्र ग्यास सिलिन्डर लान नपाइने भएको छ । पेट्रोलियम पदार्थको प्रयोग घटाउने र खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यअनुसार आजबाट ग्यास सिलिन्डरमा रोक लगाइएको हो । 

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत बिजुली प्रयोगलाई प्रोत्साहन गर्ने र त्यसको सुरुवात सिंहदरबारभित्रबाट गर्ने जनाएको थियो । बजेट भाषणमा साउन १ गतेबाट सिंहदरबारभित्र ग्यासको प्रयोग हटाउने घोषणा भए पनि १ महिनापछि मात्रै लागू भएको छ । 

बुधबार १ भदौ २०७९ ०१:०४ PM मा प्रकाशित

प्रतिक्रिया