×

बुधबार सुनको मूल्य प्रतितोला ५ सयले  घट्याे

images

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको पहेंलो धातुको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ७ सय रुपैयाँ तोकएिको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार २ सय रुपैयाँ थियो ।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार दुई सय १० कायम रहेको महासंघले जनाएको छ । 

बुधबार १ भदौ २०७९ ११:३१ AM मा प्रकाशित

प्रतिक्रिया