×

प्रधानमन्त्री देउवाको भाइको निधन

images

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको ६७ वर्षको उमेरमा गए राति काठमाडौंमा उपचारका क्रममा निधन भएको छ ।

सामाजिक व्यक्तित्वका रुपमा परिचित स्वर्गीय प्रेमबहादुर देउवाका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्कालगायतले उनको पार्थिव शरीरमा कांग्रेसको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । प्रेमबहादुर देउवाको निधनमा कांग्रेसले दुःख व्यक्त गरेको छ ।

मङ्गलबार ३ जेठ २०७९ ०३:५१ PM मा प्रकाशित

प्रतिक्रिया