×

तीन जीवन बिमा कम्पनीले पाए मर्जरमा जान सैद्दान्तिक सहमति

images

काठमाडौं । तीन जीवन बिमा कम्पनीले मर्जरको सैद्दान्तिक सहमति पाएका छन् । एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा सहमति गरी त्यसका लागि सहमति पाउन संयुक्त रूपमा बिमा समितिमा निवेदन दिएका तीन जीवन बीमा कम्पनीले मर्जरको सैद्दान्तिक सहमति पाएका हुन् ।

बिमा समितिले ‘बिमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६’ को दफा ६ बमोजिम प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सलाई एक आपसमा गाभ्न र गाभिन सैद्दान्तिक सहमति दिएको हो ।

सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्कनकर्ता नियुक्त गरी समितिमा विवरण पेस गर्नसमेत निर्देशन दिइएको समितिले जनाएको छ ।

ती कम्पनीहरुले आफूहरुबीच आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने सहमति भएको जानकारी दिँदै त्यसका लागि संयुक्त रूपमा निवेदन दिई सहमति माग गरेकाले समितिले त्यस सम्बन्धमा जेठ ३ गते(आज) सैद्दान्तिक सहमति प्रदान गरेको हो ।

यसअघि समितिले बैशाख २३ गते हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सलाई एक आपसमा गाभ्न र गाभिन (मर्जर) को सैद्दान्तिक सहमति प्रदान गरेको थियो ।

ती दुई कम्पनीले आफूहरुबीच एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा सहमति गरी त्यसका लागि सहमति पाउन संयुक्त रूपमा समितिमा निवेदन दिएका थिए ।

मङ्गलबार ३ जेठ २०७९ ०४:०६ PM मा प्रकाशित

प्रतिक्रिया